
नयाँ दिल्ली, १२ सेप्टेम्बर (हि.स.)। उज्बेकिस्तानका उपप्रधानमन्त्री एवं वित्तमन्त्री जमशिद कुचकारोव १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिवार नयाँ दिल्ली आइपुगेका छन्। सम्मेलनका क्रममा उनले ब्रिक्स राष्ट्रहरूबीच आर्थिक सहकार्य, विश्वव्यापी विकास तथा आपसी साझेदारीसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नेछन्।
नयाँ दिल्ली आइपुगेपछि जमशि द कुचकारोवको भारतीय अधिकारीहरूले स्वागत गरेका छन्। उनको स्वागत थिम्पु स्थित भारतीय दूतावासका उपप्रमुख अनिकेत गोविन्द माण्डवगणेले गरे।
भारतले यस वर्ष १२ र १३ सेप्टेम्बरमा राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलनको आयोजना गरिरहेको छ। सम्मेलनका क्रममा ब्रिक्स राष्ट्रहरूबीच उत्थानशीलता, नवाचार, सहकार्य तथा दिगो विकासमा विशेष जोड दिइँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी