
नयाँ दिल्ली, 12 सेप्टेम्बर (हि.स.)। दिल्लीमा आपराधिक मामिलाहरूको वैज्ञानिक जाँच गर्नको लागि फोरेन्सिक सुविधालाई अझ सुदृढ़ बनाउने दिशामा महत्वपूर्ण कदम उठाइएको छ। मुख्यमन्त्री रेखा गुप्ताको अध्यक्षतामा सम्पन्न भएको व्यय वित्त समिति (ईएफसी) को बैठकमा शेख सरायमा अत्याधुनिक क्षेत्रीय फोरेन्सिक विज्ञान प्रयोगशाला (आरएफएसएल) को निर्माणलाई स्वीकृति प्रदान गरिएको छ। यसको लागि 151.81 करोड़ रुपियाँको बजटलाई पनि स्वीकृति दिइएको छ। यस आशयको जानकारी एक बयान मार्फत दिइएको छ।
बयान मुताविक मुख्यमन्त्रीले लोक निर्माण विभाग (पीडब्ल्यूडी)-ले परियोजनाको निर्माण कार्य दुई वर्षभित्रमा पूरा गर्ने लक्ष्य राखेको छ। शेख सरायमा निर्माण हुने क्षेत्रीय फोरेन्सिक विज्ञान प्रयोगशाला लगभग 6,300 वर्गमीटर क्षेत्रफलमा फैलिएको हुनेछ भने यसको मोठ निर्मित क्षेत्र 18,300 वर्गमीटर हुनेछ। पीडब्ल्यूडीद्वारा निर्माण गरिने यो भवनलाई वैज्ञानिक जाँचको विशेष आवश्यकतालाई मध्यनजर गर्दै एकीकृत फोरेन्सिक सुविधाको रूपमा विकसित गरिनेछ।
मुख्यमन्त्रीले भनिन्, नयाँ क्षेत्रीय फोरेन्सिक विज्ञान प्रयोगशालाले गृह विभाग र दिल्ली पुलिसलाई नयाँ आपराधिक कानूनहरूको आवश्यकतालाई पूरा गर्नमा सहायता पुऱ्याउनेछ। भारतीय न्याय संहिता, भारतीय नागरिक सुरक्षा संहिता औ भारतीय साक्ष्य अधिनियमका कारण आपराधिक मामिलाहरूमा फोरेन्सिक जाँचको माग बढ़्दै गएको छ। नयाँ क्षेत्रीय एफएसएल यस बढ़्दो मागलाई पूरा गर्नमा सहयोगी साबित हुनेछ। यसबाट आपराधिक मामिलाहरूमा वैज्ञानिक जाँचको लागि आवश्यक क्षमतालाई मजबुत बनाउनमा सहयोग मिल्नेछ।
यसरी नै दिल्लीका गृहमन्त्री आशिष सूदले भने, नयाँ क्षेत्रीय एफएसएल शुरू भएपछि मामिलाहरूसित सम्बन्धित प्रमाणहरूको जाँच तथा फोरेन्सिक रिपोर्ट प्रस्तुत गर्ने काम तीव्र र सुगमहुनेछ। नयाँ सुविधाबाट प्रमाण आधारित जाँच मजबुत बन्नेछ। साथै यसबाट न्यायालयमा आपराधिक मामिलाहरू सुल्झाउनमा पनि सहयोग पाइनेछ। विशेष गर दक्षिण, दक्षिण-पूर्व औ मध्य दिल्लीका जिल्लाहरूको आवश्यकतालाई पूरा गर्नका साथै यो सुविधाले रोहिणीस्थित एफएसएलको वैज्ञानिक सहायतालाई मजबुत बनाउनमा सहायक हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा