
श्रीनगर, १२ सेप्टेम्बर (हि.स.)। राष्ट्रिय जॉंच एजेन्सी (एनआईए) ले शनिबार कश्मीरका सात अलग-अलग स्थानमा छापा मारेर खानतलासी गरेको छ। अधिकारीहरूका अनुसार, सीमापारबाट सञ्चालित कथित आतङ्कवादी षड्यन्त्रसम्बन्धी जारी जॉंचका क्रममा यो कारबाही गरिएको हो।
अधिकारीहरूका अनुसार, एनआईएका टोलीले कुलगाममा दुई, बाँदीपोरामा तीन र सोपोरमा दुई स्थानमा खानतलासी गरेका छन्। अभियानका क्रममा स्थानीय पुलिस र सुरक्षा बलले एनआईएको टोलीलाई आवश्यक सहयोग उपलब्ध गराएका थिए।
जॉंचका क्रममा पाकिस्तानमा रहेका कथित आतङ्कवादी सञ्चालक र स्थानीय ‘ओभरग्राउन्ड वर्कर’ (ओजीडब्ल्यू) को सञ्जालको भूमिकाबारे छानबिन भइरहेको छ। उनीहरूले सीमापारबाट घुसपैठ गर्ने आतङ्कवादीलाई रसद तथा अन्य प्रकारको सहयोग उपलब्ध गराएको आशंका गरिएको छ।
जाँच एजेन्सीले स्थानीयस्तरमा आतङ्कवादीलाई कुन प्रकारको सहयोग उपलब्ध गराइएको थियो तथा यस सञ्जालमा संलग्न अन्य व्यक्तिको भूमिका के थियो भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ।
अधिकारीका अनुसार, यो मामिला मूलतः श्रीनगरको जकुरा पुलिस थानामा दर्ता गरिएको एफआईआर नम्बर ००२४/२०२६ बाट शुरु भएको थियो। पछि एनआईएले उक्त मामिला आफ्नै स्तरमा पुनः दर्ता गर्दै आरसी-०२/२०२६/एनआईए/जम्मूका रूपमा अघि बढाएको हो। मामिलामा गैरकानुनी गतिविधि (रोकथाम) ऐन, १९६७ को धारा २३, शस्त्र ऐन, १९५९ को धारा ७ र २५ तथा विस्फोटक पदार्थ ऐन, १९०८ को धारा ४ अन्तर्गत आरोप लगाइएको छ।
हालसम्म खानतलासीका क्रममा के-कस्ता सामग्री वा दस्तावेज बरामद भए भन्ने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। अधिकारीहरूका अनुसार, खानतलासी तथा सम्भावित बरामदगीसम्बन्धी थप जानकारी प्राप्त भएपछि मामिलामा आवश्यक कारबाही अघि बढाइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी