दुर्गा पूजामा यात्रीहरूको भीड़लाई नियन्त्रण गर्नको लागि रेलवे उठायो ठूलो कदम, उत्तर बङ्गालको लागि दुई वटा पूजा स्पेशल ट्रेन
दुर्गा पूजामा यात्रीहरूको भीड़लाई नियन्त्रण गर्नको लागि रेलवे उठायो ठूलो कदम, उत्तर बङ्गालको लागि दुई वटा पूजा स्पेशल ट्रेन


सिलगढ़ी, 12 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजाको छुट्टीमा यात्रीहरूको बढ़्दो भीड़लाई मध्यनजर गर्दै भारतीय रेलवेले उत्तर र दक्षिम बङ्गालबीच दुई जोड़ी पूजा स्पेशल ट्रेनहरूलाई सञ्चालन गर्ने घोषणा गरेको छ। यसमा एउटा ट्रेन कोलकाता-न्यू जलपाइगढी र अर्को हावड़ा-लामडिङ्गबीच सञ्चालन हुनेछ।

पूर्व रेलवेद्वारा जारी समय-सारिणी अनुसार 03005 हावड़ा-लामडिङ्ग पूजा स्पेशल आगामी 16 अक्टोबरदेखि 27 नोभेम्बरसम्म प्रत्येक शुक्रवार सञ्चालन हुनेछ। यो ट्रेन हावड़ाबाट बिहान 7:15 बजे प्रस्थान भएर भोलि बिहान 8 बजे लामडिङ्ग पुग्नेछ। यसरी नै फर्किँदा 03006 लामडिङ्ग-हावड़ा स्पेशल आगामी 17 अक्टोबरदेखि 28 नोभेम्बरसम्म प्रत्येक शनिवार सञ्चाल हुनेछ। यो लामडिङ्गदेखि बिहान 11 बजे प्रस्थान भएर अपरान्ह 12:30 बजे हावड़ा पुग्नेछ। दुवै ट्रेनमा सामान्य द्वितीय श्रेणी, स्लीपर औ वातानुकूलित कोच उपलब्ध हुनेछ।

यता 03129 कोलकाता-न्यू जलपाइगढी पूजा स्पेशल आगामी 17 अक्टोबरदेखि 29 नोभेम्बरसम्म प्रत्येक शनिवार र आइतवार सञ्चालन हुनेछ। यो ट्रेन कोलकातादेखि राती 11:10 बजे प्रस्थान भएर भोलि बिहान 10:45 बजे न्यू जलपाइगढीमा आइपुग्नेछ। फर्किँदा 03130 न्यू जलपाईगुड़ी-कोलकाता स्पेशल 18 अक्टोबरदेखि 30 नोभेम्बरसम्म प्रत्येक आइतवार र सोमवार सञ्चालन हुनेछ। यो ट्रेन न्यू जलपाईगुड़ीदेखि अपरान्ह 12:45 बजे प्रस्थान भएर दोस्रो दिन राती 12:40 बजे कोलकाता पुग्नेछ।

रेलवे अनुसार यी पूजा स्पेशल ट्रेनहरूको उद्देश्य दुर्गा पूजामा बढ़्ने यात्रीहरूको भीड़लाई ध्यानमा राखेर अतिरिक्त रेल सेवा उपलब्ध गराउनु हो। हाल यी ट्रेनहरूमा टिकट बुकिङ्ग शुरू भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande