हात्तीहरूको बथानलाई सुरक्षित बाटो दिनको लागि वन विभागले यात्री वाहक ट्रेनलाई रोक्यो
हात्तीहरूको बथानलाई सुरक्षित बाटो दिनको लागि वन विभागले यात्री वाहक ट्रेनलाई रोक्यो


होजाई (असम), 13 सेप्टेम्बर (हि.स.)। लङ्का वन विभागले आइतवार बिहान सवेरै एउटा ठूलो हात्तीको बथानलाई सुरक्षित रूपमा रेलवे ट्र्याक पार गराउनको लागि यात्री वाहकलाई केही समयको लागि रोक्यो।

भनिन्छ, यी हात्तीहरूको झुण्ड लामडिङ्ग वन क्षेत्रबाट भोजनको खोजीमा पश्चिम कार्बी आङ्गलोङ्ग जिल्लाको खेरोनी तर्फ गइरहेको थियो।

यसै क्रममा हात्तीहरू रेलवे ट्र्याकको छेउमा पुगे। हात्तीहरूलाई त्यहाँ देखेर वन विभागका कर्मचारीहरूले तत्काल सतर्कता अप्नाउँदै रेलवे अधिकारीहरूसित समन्वय गरी यात्री ट्रेनलाई रोकिदिए। त्यसपछि सबै हात्तीहरूलाई सुरक्षित रूपमा रेलवे ट्र्याकलाई पार लगाइयो।

वन विभागको तत्परताले हात्ती र यात्री दुवैको सुरक्षा सुनिश्चित भयो साथै सम्भावित मानव-वन्यजीव सङ्घर्षको स्थिति पनि टरेर गयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande