
कोलकाता, 13 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजालाई लिएर पश्चिम बङ्गालमा राजनीतिक बयानबाजी तीव्र भएको छ। भाजपा विधायक विराज विश्वासले वामपन्थी दलहरूको पुस्तक स्टललाई लिएर कड़ा चेताउनी दिएका छन्। उनले भनेका छन्, यदि स्टलमा ‘दुर्गा पूजा’ लेखिएन भने उनी स्वयंले स्टललाई भत्काइदिनेछन्।
करनदिघीका भाजपा विधायक विराज विश्वासले भने, धर्मको कुनै महत्व नरहेका मानिसहरूले दुर्गा पूजामा स्टल राख्नु आवश्यक छैन। उनले भने, “उनीहरू (वामपन्थी) धर्मलाई अफिम मान्दछन्। उनीहरूको लागि पूजा होइन। स्टल दिनु आवश्यक छैन। यदि स्टलमा दुर्गा पूजा लेखिएको छैन म त्यहाँ पुगेर स्टल भत्काइदिन्छु।”
विधायकको बयानमाथि माकपाका राज्य सचिव मोहम्मद सलिमले कड़ा प्रतिक्रिया व्यक्त गर्दै भने, आपातकालमा कङ्ग्रेसले पनि यस्तै गरेको थियो। यदि राज्यमा कानूूनको शासन रहेन भने यसको जिम्मेवारी मुख्यमन्त्रीले लिनुपर्छ।
यसअघि शनिवार गणेश पूजाको उद्घाटन मञ्चबाट भाजपा नेता शुभेन्दु अधिकारीले पनि वामपन्थीहरूलाई लक्षित गरेका थिए। उनले आऱोप लगाएका थिए, 34 वर्षको वाम शासनमा मानिसहरूलाई पूजा, पञ्चाङ्ग, शास्त्र, पुरोहित, मन्त्रोच्चार औ सात्त्विकतादेखि टाड़ा राखियो। उनले भने, वामपन्थीहरूले दुर्गा पूजा लेख्दैनन्, महालय सुन्दैनन्। उनीहरूको पुस्तक स्टलमा स्वामी विवेकानन्द भारत सेवाश्रम सङ्घसित सम्बन्धित पुस्तकहरूको सट्टा कार्लमार्क्स र लेनिनका किताबहरू पाइनेछ।
शुभेन्दुको बयानमा माकपा नेता शतरूप घोषले प्रतिक्रिया व्यक्त गरे। उनले भने, लगभग 120 वर्षपूर्व बङ्गालकामानिसहरूलाई मार्क्स र लेनिनका किताबहरू पढ़्नको लागि प्रेरित गर्नेहरूमा स्वामी विवेकानन्दका आफ्नै भाइ र क्रान्तिकारी भूपेन्द्रनाथ दत्त पनि सामेल थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा