
राजौरी 13 सेप्टेम्बर (हि.स.)। आइतवार राजौरी जिल्लाको कलाकोट उपमण्डल अधिनस्थ मनमा बरमारी गाउँमा सर्पले डसेर दुई नाबालिक दिदी-बहिनीको मृत्यु भयो।
सम्बन्धित अधिकारीले बताए, दुवै दिदी-बहिनी परिवारका अन्य सदस्यहरूसित एउटा कोठामा सुतिरहेका थिए, त्यसैबेला सर्प ओछ्यानमा आयो अनि दुवैलाई डस्यो। हतार-हतार दुवैलाई अस्पतालमा लगियो, तर उनीहरूलाई बचाउन सकेन। मृतकाहरूको पहिचान राजौरी निवासी अमिबा (5) र अमिजा (3)- को रूपमा भएको छ। यसबीच मामिलाको जाँच पनि शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा