चिनामारा रेलवे फ्लाइओभरबाट जोरहाटमा यातायात सुगम हुनेछ: मुख्यमन्त्री सरमा
चिनामारा रेलवे फ्लाइओभरबाट जोरहाटमा यातायात सुगम हुनेछ: मुख्यमन्त्री सरमा


जोरहाट, 13 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार जोरहाटको चिनामारामा नवनिर्मित रेलवे फ्लाइओभरलाई क्षेत्रको यातायात व्यवस्थाको लागि महत्वपूर्ण उपलब्धि बताए।

उनले भने, यो फ्लाइओभर सञ्चालनमा आयो भने पछिल्लो लामो समयदेखिको व्याप्त यातायात जामको समस्या केही हदसम्म कम हुनेछ अनि रेलवे लेभल क्रसिङ्गमा वाहनहरूलाई लामो समयसम्म प्रतीक्षा गर्नुपर्नेछैन। आज यसको उद्घाटन मुख्यमन्त्रीले एक भव्य समारोहबीच गरे।

मुख्यमन्त्रीले भने, नयाँ सुविधाबाट जोरहाट र मरियानी तथा तिताबर जस्ता उपमण्डल मुख्यालयहरूबीच आवागमन तीव्र र सुविधाजनक हुनेछ। यस अतिरिक्त जोरहाट शहरका प्रमुख शिक्षण संस्थानहरू, स्वास्थ्य केन्द्रहरू, बजार र अन्य आवश्यक सेवाहरूसम्म मानिसहरूको पहुँच पनि सहज हुनेछ।

उनले भने, यो परियोजनाले छिमेकी राज्य नागाल्याण्डसित जोरहाटको व्यापारिक सम्बन्ध र यातायात सम्पर्कलाी मजबुत बनाउनमा पनि महत्वपूर्ण भूमिका निभाउनेछ। फ्लाइओभर सञ्चालनमा आएपछि स्थानीय मानिसहरूसँगसँगै क्षेत्र भएर गुज्रिने यात्री अनि वाहनहरूलाई पनि राहत पुग्ने आशा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande