
गुवाहाटी, 13 सेप्टेम्बर (हि.स.)। असम प्रदेश भाजपाले छत्तीसगढ़का पूर्व मुख्यमन्त्री एवं कङ्ग्रेस नेता भूपेश बघेलद्वारा असम सरकार एवं मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको सन्दर्भमा दिइएको बयानमाथि चर्को प्रत्याक्रमण गरेको छ। भाजपाले बघेलले बाढ़ी तथा बढ़्दो महँगी जस्तो मुद्दामा सरकारलाई सल्लाह दिएकोलाई हाँस्यस्पद बताए।
भाजपा मुख्यालयमा आयोजित सम्वाददाता सम्मेलनमा पार्टी प्रवक्ता ब्रोजेन महन्तले आरोप लगाए, बघेल नेतृत्वाधिन तत्कालीन छत्तीसगढ़ सरकारको कार्यकाल भ्रष्टाचार र कुशासनसित सम्बन्धित विभिन्न आरोप अनि विवादहरूमा घेरिएको थियो। उनले कथित मदिरा घोटाला, महादेव सट्टा एप मामिला, कोइला लेभी मामिला तथा भर्ती प्रक्रियामा कथित अनियमितताहरूको उल्लेख गरे।
महन्तले भने, वर्ष 2018- मा छत्तीसगढ़मा कङ्ग्रेसले 68 वटा सीट जितेर सरकार बनाएको थियो, तर वर्ष 2023- को विधानसभा चुनाउमा जनताले कङ्ग्रेसलाई सत्ताच्युत गरेर भाजपालाई सरकार बनाउने अवसर दिए।
लोकतन्त्रसित जोड़िएको बघेलका आरोपहरूमाथि महन्तले वर्ष 1975-मा लगाइएको आपतकालको उल्लेख गर्दै कङ्ग्रेसमाथि लक्षित गरे। उनले भने, असमका तत्कालीन मुख्यमन्त्री गोलाप बरबोरा र दुलाल बरुवा समेत केही नेताहरूलाई त्यसताक पक्राउ गरिएको थियो।
असमका मूल निवासीहरूको मुद्दामा पनि भाजपा प्रवक्ताले कङ्ग्रेसमाथि भोट ब्याङ्कको राजनीति गरेको आऱोप लगाउँदै दाबी गरे, कङ्ग्रेसले बङ्गलादेशबाट अवैध रूपमा असममा प्रवेश गर्नेहरूलाई राजनीतिक संरक्षण र विशेष सुविधाहरू दिने प्रयास गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा