सूरतको पी.पी. सवाणी गर्ल्स होस्टलमा सय जना छात्राहरू फूड प्वोइजनिङ्गको शिकार
सूरतको पी.पी. सवाणी गर्ल्स होस्टलमा सय जना छात्राहरू फूड प्वोइजनिङ्गको शिकार


सूरत, 13 सेप्टेम्बर (हि.स.)। सूरतको अब्रामा क्षेत्रस्थित पी.पी. सवाणी गर्ल्स होस्टलमा गए शनिवार राती भोजन गरेपछि लगभग सय जना छात्राहरूको स्वास्थ्य बिग्रियो। फूड प्वोइजनिङ्ग भएको हुनसक्ने आशङ्काले सबै प्रभावित छात्राहरूलाई भिन्न-भिन्न निजी तथा सरकारी अस्पतालहरूमा लगियो। घटना बारे जानकारी पाउनसाथ चिन्तित अभिभावकहरूको ठूलो सङ्ख्या होस्टलमा पुगे अनि भोजन व्यवस्थालाई लिएर असन्तुष्टि व्यक्त गरे। अभिभावकहरूले आरोप लगाे, होस्टेलमा पहिला पनि बासी र बिग्रेको भोजन पस्किएको सिकायत छात्राहरूले गर्दै आइरहेका छन्। दिउँसो बचेको भोजनलाई कैयौं पटक राती छात्राहरूलाई पस्किइन्छ।

उचित भोजन नपाएको कारणले कतिपय छात्राहरूले भात मात्र खाएर बिताएको सिकायत पनि आएको छ। अभिभावकहरूले भने, लाखौं रुपियाँ फीस लिए पनि छात्राहरूको स्वास्थ्य र भोजनको गुणस्तरलाई लिएर गम्भीर लापरबाही गर्दै आइरहेको छ।

अभिभावकहरूले माग गरे, होस्टेलको भान्साघर र भोजनालयको व्यवस्था हेर्ने जिम्मेवार मानिसहरूविरूद्ध तत्काल जाँच गरी कड़ा कारबाही गरियोस्।

हाल प्रभावित सबै छात्राहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। घटनापछि स्वास्थ्य विभाग पनि सक्रिय भएको छ। भोजनको नमूना लिएर त्यसको जाँच गराउने प्रक्रिया शुरू गरिएकोछ। जाँच रिपोर्टपछि भोजनको गुणस्तर र छात्राहरू बिमार भएको वास्तविक कारण पत्तो लाग्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande