असूली मागेको आरोपमा भाजपा नेता पक्राउ
असूली मागेको आरोपमा भाजपा नेता पक्राउ


सिलगढ़ी, १३ सेप्टेम्बर (हि.स.)। बलजफ्ती असूली मागेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) का एक नेतालाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने नेता जिल्ला समितिका सदस्य निरञ्जन विश्वास रहेका छन्। उनलाई आइतवार सिलगढ़ी महकुमा अदालतमा पेश गरिनेछ।

शुक्रवार राति फाँसीदेवा थाना क्षेत्रको आमबारीमा रहेको एक निजी कोइला कम्पनीमा निरञ्जन विश्वास कथित रूपमा बलजफ्ती प्रवेश गरेको आरोप छ। त्यस क्रममा उनले कम्पनीका एक कर्मचारीमाथि कुटपिट गर्नुका साथै गाली गरेको बताइएको छ। रकम नदिए कम्पनी बन्द गराइदिने धम्की दिइएको र पछि बलजफ्ती रकम माग गरिएको आरोप पनि छ।

घटनापछि पीड़ित राजा कुमार जायसवालले फाँसीदेवा थानामा लिखित उजुरी दिएका थिए। सोही उजुरीका आधारमा पुलिसले आरोपी भाजपा नेतालाई शनिवार राति पक्राउ गरेको हो।

यसैबीच, घटनासँग सम्बन्धित कथित भीडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यो विषय थप चर्चामा आएको छ। पुलिसले घटनाबारे अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande