प्रेमिकाको हत्या, युवक पक्राउ
प्रेमी ने प्रेमिका को उतारा मौत के घाट


प्रेमी ने प्रेमिका को उतारा मौत के घाट


कामरूप (असम), १३ सेप्टेम्बर (हि.स.)। कामरूप (ग्रामीण) जिल्लाको रङ्गिया क्षेत्रमा एक युवकले आफ्नी प्रेमिकाको निर्ममतापूर्वक हत्या गरेको घटना सार्वजनिक भएको छ। प्रेमी अभिजीत किन्डुले आफ्नी प्रेमिका माला नीको निर्ममतापूर्वक हत्या गरेपछि आफैंले पनि आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ।

मृत युवती शोणितपुर जिल्लाकी निवासी रहेको बताइएको छ। घटना रङ्गिया रेलवे स्टेशन नजिक रहेको एक अतिथि होटलमा भएको हो। घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको पुलिसले अभिजीतलाई पक्राउ गरेको छ।

पुलिसले युवतीको शव कब्जामा लिएर पोस्टमार्टमको लागि अस्पताल पठाएको छ। पुलिसले घटनाको सम्बन्धमा प्राथमिकी दर्ता गरी हत्याको घटनाबारे अनुसन्धान अघि बढ़ाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande