
कछार (असम), १४ सेप्टेम्बर (हि.स.)। असमको कछार जिल्लामा पुलिसले विशेष सूचनाका आधारमा कारबाही गर्दै एक युवकलाई पक्राउ गरी उसको साथबाट १० हजारवटा संदिग्ध याबा ट्याब्लेट बरामद गरेको छ। बरामद ट्याब्लेटको कुल तौल करिब १.३०९ किलोग्राम रहेको र यसको अनुमानित बजार मूल्य करिब एक करोड रुपियाँ रहेको बताइएको छ।
पुलिसका अनुसार, पक्राउ परेका युवकको पहिचान कैलैन थाना क्षेत्रअन्तर्गत भोइरबपुर पार्ट-१ निवासी जयरुल इस्लाम (२३) का रूपमा भएको छ। उनलाई गुमराह बजारमा चलाइएको अभियानका क्रममा पक्राउ गरिएको हो।
पुलिसले पक्राउ परेका व्यक्तिको साथमा रहेको रातो रङको बोकेको झोलाबाट संदिग्ध याबा ट्याब्लेट बरामद गरिएको जनाएको छ। बरामद लागुऔषध नियन्त्रणमा लिइएको छ। घटनामा आवश्यक कानुनी कारबाही शुरु गरिएको छ भने पुलिसले प्रतिबन्धित पदार्थ कहाँबाट ल्याइएको थियो र कहाँ पुर्याउने तयारी गरिएको थियो भन्नेबारे जॉंच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी