
नयाँ दिल्ली, १४ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार देशवासीलाई गणेश चतुर्थीको हार्दिक शुभकामना दिएका छन्। उनले विघ्नहर्ताको पूजा-आराधनाको यस पावन पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र नयाँ उत्साह सञ्चार गरोस् भन्ने कामना गरेका छन्। भगवान गणेशको कृपाले सबै कार्य सफल होऊन् र देश निरन्तर प्रगतिको मार्गमा अघि बढिरहोस् भन्ने उनले बताएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा संस्कृतको एक श्लोक साझा गर्दै लेखेका छन्, “मुदाकरात्तमोदकं सदा विमुक्तिसाधकं कलाधरावतंसकं विलासिलोकरक्षकम्। अनायकैकनायकं विनाशितेभदैत्यकं, नताशुभाशुनाशकं नमामि तं विनायकम्।।”
यसको भावार्थ हो, “जसका करकमलमा मोदक सुशोभित छ, जसले सदैव मोक्षको मार्ग प्रशस्त गर्नुहुन्छ, जसले चन्द्रमालाई आफ्नो मस्तकको आभूषण बनाउनुभएको छ, जो सम्पूर्ण जगतका रक्षक हुनुहुन्छ र सम्पूर्ण ब्रह्माण्डका एकमात्र स्वामी हुनुहुन्छ, जसले गजासुर राक्षसको संहार गर्नुभएको छ तथा आफ्ना भक्तहरूलाई सबै कष्टबाट शीघ्र मुक्त गर्नुहुन्छ, ती भगवान् श्रीविनायकलाई म प्रणाम गर्दछु।”
हिन्दुस्थान समाचार / भवानी थामी