असम: कछार पुलिसले लगभग १३ करोड रुपियाँको हेरोइन जफत गऱ्यो, एक पक्राउ
Image of the Cachar Police Seizure of 2.2 Kgs of Suspected Heroin and One Arrested Accused.


कछार (असम), १४ सेप्टेम्बर (हि.स.)। कछार पुलिसले लागुऔषधविरुद्ध चलाएको अभियानका क्रममा सिलचरको रामनगर बाइपास क्षेत्रमा एउटा ट्रकबाट २.२ किलोग्राम संदिग्ध हेरोइन बरामद गरी एक जनालाई पक्राउ गरेको छ। कालोबजारमा यसको मूल्य करिब १३ करोड रुपियाँ रहेको अनुमान गरिएको छ।

पुलिसका अनुसार, विशेष सूचनाका आधारमा सिलचर थाना क्षेत्रअन्तर्गत रामनगर बाइपासस्थित संगाई होटलनजिकै अभियान चलाइएको थियो। यस क्रममा प्रहरीले एएस-०१-एनसी-८८९३ नम्बरको ट्रक रोकेर तलासी लिइयो। तलासीका क्रममा ट्रकमा बनाइएको गोप्य कक्षबाट साबुनका १५० वटा डब्बा बरामद भए। ती डब्बामा संदिग्ध हेरोइन लुकाएर राखिएको थियो। बरामद लागुऔषधको कुल तौल करिब २.२ किलोग्राम रहेको बताइएको छ। कालोबजारमा यसको मूल्य करिब १३ करोड रुपियाँ हुने अनुमान गरिएको छ।

घटनाको सिलसिलामा अब्दुल रहीम लस्करलाई पक्राउ गरिएको छ। उनी कछार जिल्लाको ढोलाई थाना क्षेत्रअन्तर्गत लैलापुरको फ्रेन्च नगर निवासी रहेको पुलिसले जनाएको छ।

पुलिसका अनुसार, उक्त ट्रक मिजोरमको चम्फाई जिल्लाबाट आइरहेको थियो। घटनामा कानुनी कारबाही शुरु गरिएको छ। पुलिसले लागुऔषध तस्करीसँग जोडिएको अगाडि र पछाडिको सञ्जालबारे जानकारी पत्ता लगाउन थप जॉंच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande