
तेलंगाना, १४ सेप्टेम्बर (हि.स.)। हैदराबाद शहरको पुप्पलागुडा क्षेत्रमा सोमबार बिहान खानेकुराको एक स्टलमा अचानक आगलागी भएको छ। स्टलमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगो लागेको र त्यसपछि तीव्र रूपमा फैलिएको बताइएको छ। आगलागी भएपछि घटनास्थलमा हलचल मच्चियो भने छेउछाउ रहेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रारम्भिक जानकारीअनुसार, घटनामा हालसम्म कसैको ज्यान गएको सूचना प्राप्त नभएको अधिकारीहरूले बताएका छन्। घटनाको सूचना प्राप्त हुनासाथ दमकलकर्मीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास थालेका थिए। हालसम्म आगलागीको कारण तथा घटनामा कसैको हताहत भए-नभएको सम्बन्धमा थप जानकारी सार्वजनिक भएको छैन।
अधिकारीहरूले घटनाबारे जॉंच गरिरहेका छन्। विस्फोटका कारण स्टलको संरचना तथा छेउछाउका क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ। अधिकारीहरू हाल क्षतिको आकलनमा जुटेका छन्। घटनाको कारणसमेत पत्ता लगाउने प्रयास भइरहेको छ।
घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।
हिन्दुस्थान समाचार / भवानी थामी