रामानुजको शव लिन परिवार राजी
रामानुजको शव लिन परिवार राजी


गुवाहाटी, 15 सेप्टेम्बर (हि.स.)। गुवाहाटी महानगरको वशिष्ठपुरमा रिया नामक महिलाको हत्या गरेको आरोपमा पक्राउ पति रामानुज गोस्वामीको गए सोमवार बिहान सवेरै मृत्यु भयो जतिबेला हाथीगाउँ पुलिसको टीमले उसलाई स्वास्थ्य परीक्षण गर्नको लागि गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतालमा लगिरहेको थियो। उसलाई अस्पताल लगिरहेको बेला वाहनको पछिल्लो सीटमा बसेका दुई जना पुलिसकर्मीहरूलाई धक्का दिएर उसले नरकासुर पहाड़बाट हाम फाल्यो।

गहिरो खाड़लमा झरेको कारणले उसलाई गम्भीर चोट लाग्यो। पुलिसले उसलाई अस्पतालमा पुऱ्यायो जहाँ उसको मृत्यु भयो। मृत्युपछि मृतकका पिताले आऱोप लगाए, पुलिसले उसको हत्या गरेको हो। त्यसपछि पिताले शव लिन अस्वीकार गरे। शवलाई गुवाहाटी मेडिकल कलेज एवं अस्पतालको शव गृहमा राखिएको थियो। पुलिसले शवलाई आफ्नो जिम्मामा लिन सकेको थिएन, किनभने मृतकको कुनै पनि आफन्त आएको थिएन।

पुलिसले सम्झाई-बुझाई गरेपछि मृतकका काका मङ्गलवार बिहान 10:00 बजे गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पुगे अनि रामानुजको शवलाई आफ्नो जिम्मामा लिनको लागि तयार भए। गौरीपुरमै रामानुजको अन्तिम संस्कार गरिनेछ जुन उसको पैतृक गाउँ हो।

मृतकको परिवारले आरोप लगायो, पुलिसले उसको एनकाउन्टमा सुनियोजित रूपमा हत्या गरेको हो। अर्कोतिर पुलिसको भनाइ छ, रामानुजको पुलिसदेखि भाग्ने प्रयास गर्दा मृत्यु भएको हो। ज्ञात रहोस्, रामानुजले आफ्नी पत्नी रियाको निर्दयता पूर्वक हत्या गरेर उसको टाउकोलाई फ्रिजभित्र लुकाएको थियो।

पत्नीको हत्या गरेको केही घण्टापछि उसले पुलिस समक्ष आत्मसमर्पण गरेको थियो। उ सात दिनको पुलिस रिमाण्डमा थियो।। सोमवार पुलिसले उसलाई सीजीएम अदालतमा पेश गर्नुथियो। तर यस अगावै उसको मृत्यु भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande