पिकनिकमा गएका युवक बेपत्ता, 24 घण्टापछि डुलुङ नदीबाट शव उद्धार गरियो
पिकनिकमा गएका युवक बेपत्ता, 24 घण्टापछि डुलुङ नदीबाट शव उद्धार गरियो


झाड़ग्राम, 14 सेप्टेम्बर (हि.स.)। झाड़ग्रामको शालगड़ा जङ्गलमा आफ्ना साथीहरूसित पिकनिक मनाउने क्रममा बेपत्ता भएका 21 वर्षीय युवक सायन सावको शव गए सोमवार अबेर साँझ डुलुङ्ग नदीबाट उद्धार गरियो। लगभग 24 घण्टासम्म सञ्चालित खोजी अभियान अन्तर्गत घटनास्थलदेखि लगभग सय मीटर टाड़ा नदीमा उसको शव भेटियो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

पुलिस सूत्र अनुसार झाड़ग्राम थाना क्षेत्रको बीरा गाउँ निवासी सायन साव गत आइतवार केही मित्रहरूसित सालगड़ा जह्गलमा पिकनिक मनाउनका लागि गएका थिए। अपरान्हको समयमा पिकनिक समाप्त भएपछि उ एक्लै डुलुङ्ग नदीको किनारमा गए। लामो समयसम्म नफर्केका कारण साथीहरूले तिनलाई खोज्न शुरू गरे।

नदीको किनारमा सायनको घड़ी र अन्य सामानहरू भेटिएको थियो। तर उसको बारेमा बने केही पत्तो लागेन। त्यसपछि घटनाको सूचना पुलिसलाई दिइयो।प्रारम्भिक रूपमा आशङ्का व्यक्त गरिएको छ, लापरवाहीवश नदीमा झरेर उ डुब्यो होला। सूचना पाएर झाड़ग्राम थानाको पुलिसले घटनास्थलमा पुगेर खोजी अभियान शुरू गऱ्यो। सायनसित रहेका साथीहरूसित पनि जाँचबुझ गरियो।राती नै आपदा प्रबन्धन टीमले घटनास्थलमा पुगेर नदीमा खोज्न शुरू गऱ्यो।

सोमवार दिनभरि डुलुङ्ग नदी र यस वरपरका क्षेत्रहरूमा खोजी गरियो। साँझको समयमा घटनास्थलदेखि लगभग सय मीटरको दूरत्वमा सायनको शव भेटियो। शवलाई अबेर राती पोस्टमर्टम गर्नको लागि पठाइयो। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande