गुवाहाटीमा डाँकाहरूले घरभित्र बन्कध बनाएर दम्पत्तिको नगद-सुन लुटे
गुवाहाटीमा डाँकाहरूले घरभित्र बन्कध बनाएर दम्पत्तिको नगद-सुन लुटे


गुवाहाटी, 16 सेप्टेम्बर (हि.स.)। गुवाहाटीको साउकुची क्षेत्रमा डाँकाहरूले एउटा घरभित्र पसेर दम्पत्तिलाई बन्धक बनाई नगद रुपियाँ र सुनका गहनाहरू लुटेर भागे। पीड़ित पतिले बताए अनुसार उनीहरू सुतिरहेको अवस्थामा डाँकाहरू घरभित्र पसेका थिए। तिनीहरूले निन्द्राबाट ब्युँझाएर उनको हात-मुख बाँधिदिए। त्यसपछि पत्नीलाई पनि धम्काएर नबोल्न भने।

भनिन्छ, चारै जना डाँकाहरूले कालो रङ्गको कपड़ा लगाएका थिए भने तिनीहरूको हातमा धारिलो हतियार थियो। आरोपीहरूले पत्नीको कानको सुन र गलाको चेन अनि पतिको औंठी लिएर गए। घटनापछि सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ। पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ। आरोपीहरूलाई चिन्हित गरी तिनीहरूलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande