
नयाँ दिल्ली, 16 सेप्टेम्बर (हि.स.)। सत्य निकेतनको घटना र विद्यार्थीहरूको लागि दश हजार क्षमता भएको छात्रावास निर्माण गर्ने घोषणाको सन्दर्भमा अखिल भारतीय विद्यार्थी परिषद (अभाविप) ले कङ्ग्रेस-एनएसयूआईलाई लक्षित गऱ्यो। अभाविपले आरोप लगायो, कङ्ग्रेस-एनएसयूआईले विद्यार्थीहरूको समस्या समाधान गर्नको सट्टा राजनीतिक मुद्दालाई कायम राख्न चाहन्छ।
अभाविप दिल्लीका प्रदेश मन्त्री सार्थक शर्माले भने, सत्य निकेतनको घटना हुँदा अवशेषहरूमा हतौड़ा चलाएर रील बनाउनेदेखि लिएर अहिले दस हजार विद्यार्थीहरूको लागि छात्रावास निर्माण गर्ने घोषणामाथि प्रश्न उठाउनेसम्म कङ्ग्रेस-एनएसयूआईले लगातार विद्यार्थीहरूको समस्यामाथि राजनीति गरिरहेको छ।
उनले भने, छात्रावासको अभाव हुँदा कङ्ग्रेस-एनएसयूआईले यस विषयमा राजनीति गर्थ्यो भने अब विद्यार्थीहरूको मागमा छात्रावास निर्माण गर्ने घोषणा गर्दा, त्यसलाई लिेर पनि प्रश्न उठाइरहेको छ। उनले कङ्ग्रेस-एनएसयूआईलाई स्पष्ट पार्न भने, उनीहरू विद्यार्थीहरूको समस्या समाधान भएको चाहन्छन् कि यस विषयलाई राजनीतिक मुद्दा बनाइराख्न चाहन्छन्।
सार्थक शर्माले भने, कङ्ग्रेसले स्वतन्त्रता पश्चात 50भन्दा अधिक वर्षसम्म दिल्लीमा शासन गरिसकेको छ। कङ्ग्रेस-एनएसयूआईले यो प्रश्न कङ्ग्रेसलाई सोध्नुपर्छ कि यति लामो शासनकालमा विद्यार्थीहरूको लागि पर्याप्त,सुरक्षित एवं सस्तो छात्रावास उपलब्ध गराउनको लागि किन कदम उठाइएन?
उनले भने, विद्यार्थीहरूको आवास जस्तो गम्भीर विषयलाई राजनीतिको साधन बनाउनको सट्टा उनीहरूको वास्तविक आवश्यकताहरूमाथि ध्यान दिनुपर्छ। अभाविपले लामो समयदेखिकै छात्रावासहरूको सङ्ख्या बढ़ाउने तथा विद्यार्थीहरूलाई सुरक्षित र सस्तो आवास उपलब्ध गराउने माग गर्दै आइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा