
कोलकाता, 16 सेप्टेम्बर (हि. स.)। पश्चिम बङ्गालमा बुधवार मौसमको बदलिँदो अवस्थामा कतिपय क्षेत्रहरूमा पानी पर्ने अनि बिजुली चम्किने सम्भावना छ।मौसम विभागको पूर्वानुमान अनुसार दक्षिण बङ्गालमा आंशिकदेखि सामान्य रूपमा बादल लाग्नेछ भने केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। कोलकातामा पनि हल्का पानी पर्ने सम्भावना छ।
उत्तर बङ्गालमा भने वर्षाको प्रभाव अपेक्षाकृत अधिक रहने बताइएको छ। यहाँको दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार र कुचबिहार सहित केही क्षेत्रहरूमा वर्षाको सिलसिला यथावत रहनसक्छ। पहाड़ी क्षेत्रहरूमा पानी परेर स्थानीय स्तरमा समस्या उत्पन्न हुनसक्छ।
दक्षिण बङ्गालका कोलकाता, हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया, पूर्व एवं पश्चिम बर्धमान, नदिया, मुर्शिदाबाद तथा बीरभूममा कतै-कतै हल्का वर्षा अनि मेघको गर्जनसितै छिटा पर्ने सम्भावना छ।
कोलकातामा बुधवार न्यूनतम तापमान लगभग 26-28 डिग्री सेल्सियस औ अधिकतम तापमान 35-36 डिग्री सेल्सियस रहनसक्छ। वातावरणमा नमी व्याप्त भएको कारणले आद्रताजन्य समस्या महसूस हुनसक्छ।
मौसम विभाग अनुसार आगामी केही दिनमा पनि राज्यका केही भागहरूमा वर्षा अनि बिजुली चम्किने श्रृङ्खला कायम रहनसक्छ। 17 र 18 सेप्टेम्बरमा कतिपय ठाउँमा गर्जनसितै वर्षा अनि तीव्र हावा चल्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा