
आसनसोल, 16 सेप्टेम्बर (हि.स.)। सलानपुर थाना क्षेत्रको रूपनारायणपुर फाँड़ी क्षेत्रबाट बेपत्ता भएका तीन जना नाबालिकाहरूलाई पुलिसले बिहारको पटनाबाट उद्धार गरेको छ। यी नाबालिकाहरूको उमेर 8, 10 र 12 वर्ष रहेको बताइएको छ। यिनीहरूमध्ये दुई जना दिदी-बहिनी र तेस्रो नाबालिक उनीहरूकै छिमेकको रहेको छ।
तीनै जना अचानक बेपत्ता भएको सिकायत पाएपछि रूपनारायणपुर पुलिसले जांँच शुरू गऱ्यो। रूपनारायणपुर थानाका ओसी सुमङ्गल सरकारको सक्रियतामा पुलिसले विभिन्न सूत्रहरूबाट जानकारी जुटायो। जाँचको क्रममा पुलिसलाई थाहा लाग्यो कि बेपत्ता हुनु केही दिनअघि तीनै जना नाबालिकाहरू आसनसोलदेखि ट्रेनको माध्यमबाट प्रस्थान भएका थिए। त्यसपछि पुलिसले सीसीटीभी फुटेज र अन्य सुराकीहरूको आधारमा खोजी शुरू गऱ्यो।
यसबीच पुलिसलाई जानकारी दिइयो, तीनै नाबालिकाहरू पटनाको कुनै क्षेत्रमा छन्। जानकारीको पुष्टि भएपछि जाँच अधिकारी सुमन्त साहाना आफ्ना सहयोगीहरूसित ट्रेन मार्फत पटना तर्फ प्रस्थान भए। पुलिसले पटनामा लगातार तीन दिनसम्म अलग-अलग सूत्रहरूको आधारमा खोजतलास गऱ्यो। लामो प्रयासपछि पुलिसले एउटा घरको ठेगना पत्तो लगायो जहाँ छापामारी गरेर तीनै नाबालिकहरूलाई उद्धार गऱ्यो।
पुलिस अनुसार तीनै नाबालिकाहरूलाई एकजना महिलाकोमा भेटियो। उनीहरू त्यहाँसम्म कसरी पुगे र महिलाले आफूसित यिनीहरूलाई राख्नुको पछाड़ि के उद्देश्य थियो, यसको जाँच गरिरहेको छ। पुलिसले सम्पूर्ण मामिलाका सबै पाटोहरूलाई खङ्गालिरहेको छ।
कानूनी प्रक्रिया पूरा गरिएपछि तीनै नाबालिकाहरूलाई रूपनारायणपुरमा ल्याइएको छ। भनिन्छ, 16 सेप्टेम्बरमा आवश्यक कानूनी प्रक्रिया अन्तर्गत उनीहरूलाई आसनसोल चाइल्ड वेलफेयर कमिटीको माध्यमबाट उनीहरूको परिवारलाई सुम्पिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा