
दरङ्ग (असम), 16 सेप्टेम्बर (हि.स.)। असमको दरङ्ग जिल्ला अन्तर्गत दलगाउँ क्षेत्रमा डकेटीको कथित योजना बनाइरहेका 6 जना मानिसहरूलाई पुलिसले पक्राउ गरेको छ। पुलिसले कारबाही अवधि आरोपीहरूबाट हतियारहरू र अन्य सामानहरू पनि जफत गऱ्यो।
पुलिस अनुसार यी छ जना संदिग्ध मानिसहरूले कथित रूपमा डकेटीको घटनालाई परिणाम दिने तयारी गरिरहेका थिए। यतिकैमा पुलिसले अभियान सञ्चालन गरी यिनीहरूलाई पक्राउ गऱ्यो। जफत गरिएका हतियारहरू तथा अन्य सामग्रीहरूलाई जाँचको लागि राखिएको छ।
आरोपीहरूसित जाँचबुझ गरिँदैछ। पुलिस यो पत्तो लगाउनमा जुटेको छ कि डकेटीको योजनामा उनीहरूको भूमिका के थियो एवं उनीहरू यसअघि पनि कुनै आपराधिक घटनामा सामेल भइसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा