अस्पताल अगाड़ी पेस्तोल बोकेको आरोपमा दुई जना पक्राउ
jodhpur


जोधपुर, १६ सेप्टेम्बर (हि.स.)। शहरको उम्मेद अस्पतालको गेट नम्बर ५ अगाड़ी सोमवार राति कार चालक युवकलाई पेस्तोल ताकेको घटनामा पुलिसले पीड़ितको उजुरीका आधारमा मुद्दा दर्ता गरेको छ। घटनामा दुई जनालाई नाम किटान गरिएको छ भने उनीहरूको खोजी भइरहेको पुलिसले जनाएको छ। पेस्तोल ताक्नुको प्रारम्भिक कारण खुल्न नसके पनि आपसी दुश्मनीका कारण घटना भएको आशंका गरिएको छ। उक्त दुश्मनी चुनाउसँग सम्बन्धित पनि हुनसक्ने बताइएको छ।

प्रतापनगर सदर पुलिस अनुसार, सिन्धीहरूको बास, सिवाञ्ची गेट निवासी मोहम्मद आतिफ पुत्र राजू खानले उजुरी दिएका छन्। उजुरीमा उनले सोमवार राति लगभग १२ देखि १२ः३० बजीबीच उम्मेद अस्पतालको गेट नम्बर ५ अगाड़ी आफ्नो कार लिएर उभिएको बताएका छन्।

त्यस क्रममा इरफान र आदिल नाम गरेका दुई युवक मोटरसाइकलमा त्यहाँ आएको र मोटरसाइकल पछाड़ी बसेको व्यक्तिले उनीमाथि पोस्तोल ताकेको र गोलीबारीको प्रयास अगावै उनी त्यहाँबाट निस्केको बताइयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande