प्रधानमन्त्री मोदीको जन्मदिनमा बंगालभरि ‘आशीर्वादको दियो’ बाल्न शुभेन्दु अधिकारीको आह्वान
शुभेंदु अधिकारी ने किया गणेश पूजा का उद्घाटन


कोलकाता, १६ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यव्यापी रूपमा ‘आशीर्वादको दियो’ बाल्न आह्वान गरेका छन्। उनले प्रधानमन्त्रीको स्वस्थ तथा दीर्घायु जीवनको कामना गर्दै १७ सेप्टेम्बरमा दीप प्रज्ज्वलन गरी प्रार्थना गर्न जनतासमक्ष अपील गरेका छन्।

बुधबार बिहान जारी गरेको भिडियो सन्देशमा शुभेन्दु अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनलाई विशेष रूपमा मनाउनुका साथै उनको २५ वर्ष लामो जनसेवा तथा राष्ट्रसेवाको यात्रालाई समेत स्मरण गरिने बताए। उनका अनुसार, गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिएदेखि देशको प्रधानमन्त्रीका रूपमा सेवासम्मको मोदीको सार्वजनिक जीवनको यात्रा आगामी ७ अक्टोबरमा २५ वर्ष पूरा हुँदैछ।

यस अवसरलाई स्मरणीय बनाउन ‘सेवा संकल्प अभियान’ शुरु गरिने जानकारी अधिकारीले दिए। उनले प्रधानमन्त्रीको जन्मदिनमा राज्यभर ‘आशीर्वादको दियो’ प्रज्ज्वलित गर्दै सर्वशक्तिमान ईश्वरसँग नरेन्द्र मोदीको उत्तम स्वास्थ्य तथा दीर्घायुको प्रार्थना गर्न आह्वान गरे।

आगामी वर्षहरूमा पनि मोदीले देशसेवामा आफूलाई समर्पित गरिरहन सकून् भन्ने कामना गरिने उनले बताए। साथै, शुभेन्दु अधिकारीले प्रधानमन्त्रीको जन्मदिनका अवसरमा राज्यका जनतालाई उक्त अभियानमा सहभागी हुन अपील गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande