प्रधानमन्त्री, लोकसभा अध्यक्ष, रक्षामन्त्रीले राष्ट्रिय इन्जिनियर दिवसको बधाई दिए
प्रतीकात्मक


नयाँ दिल्ली, १५ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला र रक्षामन्त्री राजनाथ सिंह लगायत विभिन्न नेताले मंगलवार भारत रत्न डा. मोक्षगुन्डम विश्वेश्वरैयाको जन्मजयन्तीका अवसरमा उनलाई श्रद्धापूर्वक स्मरण गर्दै उनको सम्झनामा मनाइने ‘राष्ट्रिय अभियन्ता दिवस’ का अवसरमा देशवासीलाई हार्दिक शुभकामना दिएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, “एम. विश्वेश्वरैयालाई श्रद्धाञ्जली, जसको अभियान्त्रिकी प्रतिभा र राष्ट्रनिर्माणको सोचले आज पनि प्रेरणा प्रदान गर्छ। आधुनिक भारत निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तथा देशको सर्वोच्च सम्मान ‘भारत रत्न’बाट सम्मानित महान् अभियन्ता मोक्षगुन्डम विश्वेश्वरैयाको जयन्तीमा उनलाई कोटि–कोटि नमन। उनको सम्झनामा मनाइने ‘अभियन्ता दिवस’का अवसरमा राष्ट्रनिर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै अभियन्तालाई हार्दिक बधाई तथा अनन्त शुभकामना। यी त्यस्ता व्यक्ति हुन्, जसले राम्रो भविष्यका लागि निर्माण गर्छन्, नयाँ कुराको सिर्जना गर्छन् र समाधान प्रस्तुत गर्छन्।”

लोकसभा अध्यक्ष ओम बिरलाले डा. विश्वेश्वरैयाले आफ्नो असाधारण प्राविधिक दक्षता, अनुशासन र दूरदर्शिता मार्फत भारतको जलस्रोत, सिँचाइ तथा सार्वजनिक पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान दिएको बताए। उनले भने, ज्ञान, नवीनता र कर्तव्यनिष्ठालाई राष्ट्रहितसँग जोड्न सकिए असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ भन्ने प्रमाण उनको जीवन हो। भारतको विकासको नयाँ गाथा लेखिरहेका देशका लाखौँ अभियन्ताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा आजको दिन रहेको उनले बताए।

उनले भारतले बलियो पूर्वाधार, आधुनिक प्रविधि, डिजिटल प्रगति, आत्मनिर्भरता तथा नवीनताको क्षेत्रमा नयाँ आयाम स्थापित गरिरहेको वर्तमान अवस्थामा अभियन्ताहरूको भूमिका अझ् महत्वपूर्ण बनेको बताए।

रक्षामन्त्री राजनाथ सिंहले देशका अभियन्ताहरूको क्षमता र समर्पणले भारतको प्राविधिक प्रगतिलाई अघि बढ़ाउनुका साथै पूर्वाधारलाई सुदृढ़ गर्दै ‘विकसित भारत’ निर्माणमा योगदान गरिरहेको बताए। एम. विश्वेश्वरैयाको जीवन उत्कृष्टता, अनुशासन, नवीनता र जनसेवाको उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्दै राष्ट्रनिर्माणको यात्रामा उनको असाधारण योगदानलाई सधैँ स्मरण गरिने बताए।

केन्द्रिय सड़क परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले एम. विश्वेश्वरैयाको अद्भुत दूरदर्शिता, अनुशासन र अभियान्त्रिकीमा उत्कृष्टताले आज पनि पुस्तौँलाई प्रेरणा दिइरहेको बताए। उनको जीवनले अभियान्त्रिकीको अर्थ केवल संरचना निर्माण गर्नु नभई बलियो, सक्षम र आत्मनिर्भर राष्ट्र निर्माण गर्नु पनि हो भन्ने स्मरण गराउने उनले बताए।

कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेले भारत रत्न एम. विश्वेश्वरैयाको जयन्तीमा उनलाई श्रद्धापूर्वक नमन गर्दै ‘राष्ट्रिय अभियन्ता दिवस’का अवसरमा देशको प्रगतिका लागि प्रयासरत सबै अभियन्तालाई हार्दिक बधाई दिएका छन्।

केन्द्रीय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहले अभियन्ताहरूको निरन्तर नवीनताले भारतको प्रगति र निरन्तर विकासलाई अघि बढ़ाइरहेको बताए। राष्ट्रनिर्माणमा एम. विश्वेश्वरैयाको असाधारण योगदानले महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

केन्द्रिय विज्ञान तथा प्रविधिमन्त्री डा. जितेन्द्र सिंहले देशका अभियन्ताहरूले आफ्नो ज्ञान, सीप र नवीनता मार्फत राष्ट्रनिर्माणमा अमूल्य योगदान दिइरहेको बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande