
हैदराबाद, १७ सेप्टेम्बर (हि.स.)। तेलंगाना भ्रष्टाचार निरोधक ब्युरो (एसीबी)ले सार्वजनिक वितरण प्रणाली अन्तर्गतको चामल तस्करी सम्बन्धी एक मुद्दामा कथित रूपमा पाँच लाख रुपियाँ घुस लिँदै गरेका केसरा पुलिस थानाका उपनिरीक्षक ज्ञानेन्द्र रेड्डीलाई रंगेहात पक्राउ गरेको छ। एसीबीले बुधवबार राति कारबाही गरेको हो।
एसीबी अनुसार, एसआईले मुद्दामा सहयोग गर्ने तथा पुलिस थानामा थप कुनै प्रकारको उत्पीड़नबाट जोगाउने आश्वासन दिँदै उजुरीकर्तासँग कथित रूपमा घुस मागेका थिए। शुरुमा आठ लाख रुपियाँ मागिएको र पछि कुराकानीका क्रममा रकम घटाएर छह लाख रुपियाँमा सहमति भएको बताइएको छ।
उजुरीकर्ताले अन्ततः पाँच लाख रुपियाँको व्यवस्था गरी उपनिरीक्षकलाई दिने सहमति जनाएका थिए। त्यसपछि एसीबीले जाल बिछ्याएर कारबाही गरेको हो। केसरा ताल नजिकै एउटा कारमा नगद रकम लिँदै गर्दा उपनिरीक्षकलाई रंगेहात पक्राउ गरिएको एसीबीले जनाएको छ। त्यस समय गणेश विसर्जनलाई ध्यानमा राखेर उनको त्यहाँ ड्युटी लगाइएको थियो।
केसरा पुलिस थाना सिकन्दरावाद क्षेत्रमा पर्छ र मल्काजगिरी पुलिस आयुक्तालय अन्तर्गत रहेको छ।
एसीबी अनुसार, घुस मागेको घटनामा केसरा थानाका पुलिस निरीक्षक आर्केपल्ली आञ्जनेयुलुको कथित संलग्नता पनि खुलेको छ। यस आधारमा निरीक्षक विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। कारबाहीपछि केसरा पुलिस थाना तथा अन्य सम्बन्धित स्थानमा खानतलासी गरियो।
एसीबीले घुसखोरी सम्बन्धी उक्त घटनामा उपनिरीक्षक ज्ञानेन्द्र रेड्डी र निरीक्षक आर्केपल्ली आञ्जनेयुलु दुवैलाई पक्राउ गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
/ बिशाल