प्रदूषणमुक्त अमृतधाराको सन्देश दिँदै हरिद्वारदेखि कोलकातासम्म गङ्गामा राफ्ट अभियान
गंगा को प्रदूषण मुक्त बनाने के लिए राफ्टिंग अभियान


कोलकाता, १७ सेप्टेम्बर (हि.स.)। गंगा नदीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले जनचेतना फैलाउन ‘द इन्स्टिच्युट अफ एक्सप्लोरेशन’को आयोजनामा ‘भोयेज अफ द नेक्टर स्ट्रिम’ नामक विशेष नदी राफ्ट अभियान सञ्चालन भइरहेको छ। अभियानको मुख्य सन्देश ‘पवित्र गंगाको प्रदूषणमुक्त अमृतधारा पुनःस्थापित गरौँ’ रहेको छ।

संस्थान अनुसार, यो अभियान गंगा नदीको मार्ग हुँदै उत्तराखण्डको हरिद्वारबाट शुरु भएर पश्चिम बंगालको कोलकातासम्म पुग्नेछ। अभियान ४ सेप्टेम्बरमा शुरु भएको हो र ६ अक्टोबरसम्म सञ्चालन हुनेछ।

यस साहसिक अभियानको विशेषता बस तथा ट्रकका चक्काबाट निकालिएका हावाभरिएका रबरका ट्युब तथा बाँसबाट तयार पारिएका राफ्ट प्रयोग गरिनु हो। संस्थानको दाबी अनुसार, यस्ता साधारण राफ्टको प्रयोग गरी गंगामा यति लामो तथा चुनौतीपूर्ण यात्रा गर्ने यो भारतकै पहिलो र एक मात्र टोली हो।

संस्थानले अभियान पूरा गर्न ठूलो खर्च लाग्ने जनाएको छ। त्यसका लागि सदस्य, शुभचिन्तक तथा अन्य व्यक्तिहरूसँग आर्थिक सहयोग गर्न अपील गरिएको छ।

संस्थानका मानद महासचिव एम. नबी तरफदार र मानद कोषाध्यक्ष अर्धेन्दु शेखर नस्करले अभियानको सफलताका लागि शुभकामना सहित सक्दो सहयोग गर्न सर्वसाधारणसँग अपील गरेका छन्। उनीहरूले अभियान मार्फत गंगाको स्वच्छताप्रति व्यापक जनचेतना फैलाउनुका साथै भारतमा साहसिक अभियानको क्षेत्रमा नयाँ अध्याय थप्ने प्रयास भइरहेको बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande