
उधमपुर, १७ सेप्टेम्बर (हि.स.)। उधमपुर जिल्लामा बिहीबार भएको भिडन्तमा दुई जना आतङ्की मारिएपछि सुरक्षाबलले एक जना संदिग्ध आतङ्की सहयोगीलाई पक्राउ गरेको छ।
आधिकारिक सूत्रका अनुसार, भिडन्तमा दुई आतङ्की मारिएपछि उनीहरूलाई सहयोग गर्ने सञ्जालको पहिचान गर्न सुरक्षाबलले छेउछाउका क्षेत्रमा घेराउ तथा खोजी अभियान शुरु गरेको थियो। यस क्रममा मजालताबाट एक जना संदिग्ध आतङ्की सहयोगीलाई पक्राउ गरिएको हो। ती व्यक्तिमाथि आतङ्कीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउनुका साथै आश्रय दिएको आशंका गरिएको छ।
पक्राउ परेका व्यक्तिसँग सुरक्षाबलको संयुक्त टोलीले सोधपुछ गरिरहेको छ। साथै क्षेत्रमा शान्ति-सुरक्षा कायम राख्न सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
हिन्दुस्थान समाचार / बिशाल