
उधमपुर, १७ सेप्टेम्बर (हि.स.)। जम्मु–कश्मीरको उधमपुर जिल्लाको ब्रट्टल क्षेत्रमा बिहिवार गुप्त सूचनाका आधारमा सञ्चालन गरिएको संयुक्त कारबाहीमा दुई आतङ्ककारी मारिएका छन्।
सेनाको ह्वाइट नाइट कोर्प्स अनुसार, ब्रट्टल क्षेत्रमा आतङ्कीहरूको उपस्थितिबारे ठोस सूचना प्राप्त भएपछि १६ र १७ सेप्टेम्बरको मध्यरातमा ‘अपरेशन सोहन’ शुरु गरिएको थियो। खराब मौसम, कठिन भौगोलिक अवस्था तथा कम दृश्यताका बाबजुद सेना, जम्मु–कश्मीर पुलिस र केन्द्रिय रिजर्भ पुलिस बलका जवानहरूले आतङ्कवादविरोधी कारबाही सञ्चालन गरेका थिए। कारबाहीका क्रममा दुई आतङ्ककारी मारिएका हुन्।
सेना अनुसार, भिडन्त भएको स्थानबाट हतियार तथा गोलाबारुद समेत जफत गरिएको छ। सेनाले कारबाही अझै जारी रहेको र क्षेत्रमा बाँकी कुनै सम्भावित खतरा भए–नभएको पत्ता लगाउन खोज तथा तलासी अभियान सञ्चालन भइरहेको जनाएको छ। मारिएका आतङ्कीहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको छ।
यसअघि बुधलवार राति सुरक्षाकर्मीहरूले मजालता क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि गोली चलाएका थिए। त्यसपछि क्षेत्रमा खोज तथा तलासी अभियान शुरु गर्नुका साथै सुरक्षा सतर्कता बढ़ाइएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी