नितिन नवीनले प्रधानमन्त्री मोदीको जन्मदिनमा रक्तदान शिविरको उद्घाटन गरे
मीडिया को संबोधित करते हुए भाजपा अध्यक्ष नितिन नवीन


नयाँ दिल्ली, १७ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनले बिहिवार रक्तदान शिविरको उद्घाटन गरे। यस अवसरमा उनले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिँदै दीर्घायु तथा निरन्तर सफलताको कामना गरे।

पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नितिन नवीनले भने, १७ सेप्टेम्बर भगवान विश्वकर्माको पूजा गर्ने दिन हुनुका साथै आधुनिक भारतका शिल्पकार प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन पनि हो। उनले प्रधानमन्त्री मोदीलाई देशको ‘प्रधान सेवक’ बताउँदै उनको जन्मदिनको अवसरमा भाजपाले ‘सेवा संकल्प अभियान’ शुरु गरेको र यस दिनलाई ‘सेवा दिवस’का रूपमा मनाइरहेको बताए। उनले प्रधानमन्त्रीको जन्मदिनको अवसरमा देशभरि भाजपा कार्यकर्ताले रक्तदान अभियान शुरु गरिरहेको र उनले रक्तदान कार्यक्रममा सहभागी हुन पाउनु आफ्नो सौभाग्य भएको बताए।

भाजपा अध्यक्ष नवीनले प्रधानमन्त्री मोदीको नेतृत्वमा देशमा ठूलो संख्यामा मानिसको जीवनमा परिवर्तन आएको दाबी गरे। उनी अनुसार, यो परिवर्तन मानिसहरूको जीवनस्थितिमा मात्र सीमित नभई करोड़ौं भारतीयको सोचमा समेत आएको छ। अहिले देशवासी ‘राष्ट्र प्रथम’को भावना सहित अघि बढ़िरहेको उनले बताए।

उनले देशभरिका मानिसले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना तथा आशीर्वाद दिइरहेको बताए। प्रधानमन्त्रीको दीर्घायु तथा निरन्तर सफलताको कामना गर्दै उनले भारत तीव्र गतिमा विकासको बाटोमा अघि बढ़िरहेको र ‘विकसित भारत’ को लक्ष्यतर्फ अग्रसर हुँदै विश्व मञ्चमा आफ्नो अलग पहिचान बनाइरहेको बताए।

भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्य हासिल गर्ने विश्वास समेत उनले व्यक्त गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande