डूसू चुनाउको पहिलो चरणको मतदान सम्पन्न, एनएसयूआईले 4-0 ले ऐतिहासिक जीत दर्ता गर्ने भरोसा व्यक्त गऱ्यो
डूसू चुनाउको पहिलो चरणको मतदान सम्पन्न, एनएसयूआईले 4-0 ले ऐतिहासिक जीत दर्ता गर्ने भरोसा व्यक्त गऱ्यो


नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। दिल्ली विश्वविद्यालय छात्र सङ्घ (डूसू) चुनाउ 2026-27 को पहिलो चरणको मतदान शुक्रवार सम्पन्न भयो। विश्वविद्यालयका विभिन्न कलेजहरूमा विद्यार्थीहरूले मतदान प्रक्रियामा भाग लिए। भारतीय राष्ट्रिय छात्र सङ्गठन (एनएसयूआई)-ले दाबी गरेको छ, दिल्ली विश्वविद्यालयका विद्यार्थीहरूले सामाजिक न्याय, समानता औ विश्वविद्यालयको लोकतान्त्रिक भविष्यको पक्षमा मतदान गरेका छन्।

एनएसयूआईका राष्ट्रिय अध्यक्ष विनोद जाखड़ले मतदान सम्पन्न भएपछि भने, विश्वविद्यालय प्रशासन, पुलिस औ सम्पूर्ण व्यवस्थाको भारी दबाव भए पनि एनएसयूआईका कार्यकर्ताहरू चुनाउ अवधिभरि मजबुत रूपमा डटिरहे। उनले भने, विद्यार्थीहरूले सामाजिक न्याय र समानताप्रति आफ्नो स्पष्ट समर्थन देखाएका छन्। सङ्गनलाई पूर्ण विश्वास छ कि एनएसयूआईले चारै वटा सीटमा निर्णायक जीत हासिल गरेर 4-0 ले ऐतिहासिक परिणाम दिनेछ।

एनएसयूआईले भन्यो, दिल्ली विश्वविद्यालयका विद्यार्थीहरू गृणा, विभाजन एवं भयको राजनीतिलाई पूर्ण रूपले खारेज गर्ने अनि सबैको लागि एक समावेशी परिसर निर्माण गर्नका लागि तयार छन्। सङ्गठनले दोहोऱ्यायो, दिल्ली विश्वविद्यालय पूर्ण रूपमा यहाँका विद्यार्थीहरूको हो र उनीहरूको जनादेश न्याय, समानता र उज्जवल भविष्यको लागि हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande