
गान्तोक, 18 सेप्टेम्बर (हि.स.)। राजधानी आधारित निल तारा केयर्स अनि जर्नलिस्ट युनियन अफ् सिक्किमको संयुक्त पहलमा नेपाल बाढी प्रभावित मानिसहरूको सहयोगार्थ एउटा टोली आज राहत सामग्री सहित नेपाल प्रस्थान भएको छ। राहत सामग्री सहित नेपाल प्रस्थान गरेको टोलीलाई शुक्रबार बिहान निल तारा स्कूलकी प्रिन्सिपल नन्दु तिवारीले झण्डा हल्लाएर विदा गरिन्।
राहत सामग्रीमा विशेष गरी बालबालिका साथै महिला स्वास्थ्य तथा स्वच्छता सम्बन्धित सामग्री रहेको छ। टोलीमा निल तारा केयर्सबाट दुई जना अनि जर्नालिस्ट युनियन अफ सिक्किमको पक्षबाट चारजना सदस्य रहेका छन्।
नेपालमा सहयोगका लागि राहत सामग्री संकलन गर्दा सहयोग दिने सबैप्रति निल तारा केयर्स साथै जर्नालिस्ट युनियन अफ सिक्किमले आभार व्यक्त गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल