शनिवारदेखि शुरु हुने त्रिस्तरीया फुटबल प्रतियोगितालाई लिएर तयारी पूरा
Kurseong football tournament


खरसाङ, 18 सेप्टेम्बर (हि.स.)। पहाडको एउटा अग्रणी खेलकूद संस्था खरसाङ महकुमा खेलकूद संघको आयोजनामा शनिवारदेखि खरसाङको मन्टिभियट खेल मैदानमा शुरु हुन् गइरहेको त्रिस्तरीया फुटबल प्रतियोगितालाई लिएर संघले आफ्नो तयारी पूरा गरेको छ। शुक्रबार संघका सदस्यहरुले उक्त मैदानका सबै कार्यहरु गरेको जानकारी संघका उपाध्यक्ष एवं यस त्रिस्तरिया फुटबल प्रतियोगिताका संयोजक फुर्बा घिसिङले दिएका छन्।

तिनले जानकारी दिए अनुसार, गोथल्स साईडीङका सार्की परिवारद्वारा प्रायोजित यस प्रतियोगिता अन्तर्गत शनिबार 14 वर्ष मुनिका बालकवर्गको दुईवटा खेलहरु सम्पन्न हुनेछ भने आईतवार 20 सेप्टेम्बरदेखि गर्ल्स अनि अन्तर कार्यालय महकुमा लिग फुटबल प्रतियोगिता शुरु हुनेछ। यस त्रिस्तरिया फुटबल प्रतियोगिता अन्तर्गत 14 वर्ष मुनिका बालकवर्गको लीग कम नक् आउट अनि खुल्ला महिला फुटबल प्रतियोगिताको फाइनल म्याच आगामी 2 अक्टोवर, गान्धी जयन्तीको दिन हुनेछ।

महिला वर्गका बिजेतालाई आकर्षक ट्रफीको साथ नगद पाँच हजार अनि उप बिजेतालाई ट्रफी सहित नगद रुपियाँ 3 हजार पुरष्कार स्वरूप दिइने छ। खेलहरु दिउसो 2 बजीदेखि हुनेछ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande