डीभीसीको क्यानलमा अज्ञात महिलाको शव देखिएपछि क्षेत्रमा मचियो खैलाबैला
डीभीसीको क्यानलमा अज्ञात महिलाको शव देखिएपछि क्षेत्रमा मचियो खैलाबैला


दुर्गापुर, 18 सेप्टेम्बर (हि. स.)। विश्वकर्मा पूजाको बिहान डीभीसीको क्यानालमा एकजना अज्ञात महिलाको शव पानीमा तैरिरहेको देखिएपछि खैलाबैला मचियो। स्थानीय मानिसहरूले शवलाई देखेपछि पुलिसलाई सूचित गरिदिए। कोकोओभेन थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई बाहिर निकाल्यो अनि पोस्टमर्टम गर्नको लागि दुर्गापुर महकुमा अस्पतालमा पठाइदियो।

घटना दुर्गापुर नगरनिगमको वार्ड नम्बर- 39 अन्तर्गत आशिषनगर क्षेत्रमा अवस्थित दामोदर भ्याली कर्पोरेशन (डीभीसी) को क्यानलमा भएको हो। विश्वकर्मा पूजाको निम्ति बिहानदेखि नै सम्पूर्ण औद्योगिक परिसरमा उत्सवको माहोल छाएको थियो, तर महिलाको शव भेटिएको खबरले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलियो। क्षणभरमै स्थानीय मानिसहरूको भीड़ घटनास्थलमा जुट्यो।

आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेटका एकजना अधिकारीले बताए, पुलिसलाई क्यानलमा एकजना महिलाको तैरिरहेको शव देखिएको सूचना प्राप्त भएको थियो। पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम ग्रनको लागि पठाइदिेको छ। पोस्टमर्टम रिपोर्ट आएपछि नै महिलाको मृत्युको वास्तविक कारण थाहा लाग्नेछ। हाल पुलिस मृतकको पहिचान खोलाउन जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande