
इन्दौर, १९ सेप्टेम्बर (हि.स.)। लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीले शनिबार मध्य प्रदेशको इन्दौरमा कांग्रेसको ‘छात्रों की गूंज’ कार्यक्रममा विद्यार्थी तथा युवासँग संवाद गर्ने भएका छन्। कार्यक्रममा शिक्षा, रोजगारी, प्रश्नपत्र लिक, प्रतिस्पर्धात्मक परीक्षा तथा परीक्षा प्रणालीसँग सम्बन्धित विषयमा विद्यार्थीका समस्या र सुझाउ सुन्ने कार्यक्रम रहेको छ। यो अभियानअन्तर्गत इन्दौरमा हुन लागेको पाँचौँ कार्यक्रम हो। यसअघि कोटा, देहरादून, प्रयागराज र पुणेमा यस्ता कार्यक्रम आयोजना भइसकेका छन्।
कार्यक्रमको विवरणअनुसारख् राहुल गान्धी शनिबार दिउँसो करिब १ः३० बजी इन्दौर पुग्नेछन्। विमानस्थलबाट उनी रेडिसन होटल जानेछन् र साँझ क्षेत्रीय पार्क अगाडिको मैदानमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको छ। त्यसपछि राति करिब ९ बजी उनी इन्दौरबाट दिल्ली प्रस्थान गर्नेछन्।
‘छात्रों की गूंज’ अभियानमा विद्यार्थी तथा युवासँग सम्बन्धित विषयलाई केन्द्रमा राखिएको कांग्रेसले जनाएको छ। कांग्रेसका अनुसार, कार्यक्रममा करिब दुई लाख विद्यार्थीले दर्ता गरेका छन्। यद्यपि, प्रशासनलाई करिब १५ हजार विद्यार्थी सहभागी हुने जानकारी दिइएको विभिन्न रिपोर्टमा उल्लेख छ।
कार्यक्रमका लागि प्रशासनले ३१ वटा सर्तसहित अनुमति दिएको छ। भीड व्यवस्थापन, पार्किङ तथा यातायात व्यवस्थापनका लागि पुलिस र प्रशासनले छुट्टाछुट्टै व्यवस्था गरेका छन्। कार्यक्रमलाई ध्यानमा राख्दै यातायात पुलिसले मार्ग परिवर्तनसम्बन्धी योजना जारी गरेको छ, जुन शनिबार दिउँसो १ बजीदेखि कार्यक्रम समाप्त नभएसम्म लागू रहनेछ। आवश्यकताअनुसार तथा यातायातको चाप हेरेर व्यवस्थामा परिवर्तन गर्न सकिने जनाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी