फर्जी परिचयपत्रबाट मतदान गर्न पुगेकी एनएसयूआई कार्यकर्ता पक्राउ, भाजपाको राहुल गान्धीमाथि निशाना
सिद्धार्थ यादव, भाजपा के मीडिया सह प्रभारी


नयाँ दिल्ली, १९ सेप्टेम्बर (हि.स.)। दिल्ली विश्वविद्यालय छात्रसंघ (डूसू) निर्वाचनका क्रममा कानुन केन्द्रमा फर्जी परिचयपत्रमार्फत मतदान गर्न पुगेकी नेसनल स्टुडेन्ट्स युनियन अफ इन्डिया (एनएसयूआई)सँग सम्बन्धित एक छात्रालाई पक्राउ गरिएको छ।

यस घटनालाई लिएर भारतीय जनता पार्टीका राष्ट्रिय सञ्चार सह-संयोजक सिद्धार्थ यादवले कांग्रेस नेता राहुल गान्धीमाथि निशाना साधेका छन्। उनले राहुल गान्धीले लगातार ‘मत चोरी’ को विषय उठाउँदै आएको उल्लेख गर्दै कांग्रेसको छात्र संगठन एनएसयूआईसँग सम्बन्धित कार्यकर्ता फर्जी परिचयपत्रसहित मतदान गर्न पुगेको र पक्राउ परेको दाबी गरे।

सिद्धार्थ यादवले राहुल गान्धीले विद्यार्थी तथा युवासँग माफी माग्नुपर्ने बताए। उनले निर्वाचन प्रक्रियाको पारदर्शिता र विश्वसनीयता कायम राख्नु सबै राजनीतिक दल तथा छात्र संगठनको जिम्मेवारी भएको बताए।

उल्लेखनीय छ, दिल्ली विश्वविद्यालय छात्रसंघ निर्वाचनका लागि शुक्रबार मतदान भएको थियो। शनिबार मतगणना जारी रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande