
नगाउँ (असम), 02 सेप्टेम्बर (हि.स.)। नगाउँ लोकसभा सीटमा हुन गइरहेको उपचुनाउलाई लिएर भारतीय जनता पार्टी (भाजपा)-ले आफ्नो तयारीलाई द्रूत गतिमा अगाड़ि बढ़ाइरहेको छ।
जागी रोडस्थित आवर्त भवनमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको उपस्थितिमा एक महत्वपूर्ण बैठक आयोजना गरियो। बैठकमा नगाउँ लोकसभा क्षेत्रको उपचुनाउको तयारी अनि पार्टी रणनीतिमाथि व्यापक चर्चा गरियो। यस बैठकमा भाजपाका केही स्थानीय नेतृत्वगण एवं विधायक उपस्थित छन्। बैठकमा चुनाउसित सम्बन्धित सबै पाटो र पक्षहरूमाथि सविस्तार विचार गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा