डेङ्गूको सामना गर्नको लागि कोलकातामा तीन दिवसीय विशेष सफाई अभियान
डेङ्गूको सामना गर्नको लागि कोलकातामा तीन दिवसीय विशेष सफाई अभियान


कोलकाता, 02 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा मनसुन सक्रिय रहेको बेला डेङ्गूको बढ़्दो प्रकोपबीच राज्य सरकारले बचाउ अनि नियन्त्रणको लागि केही कदम उठाउने घोषणा गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गए मङ्गलवार अबेर साँझ स्वास्थ्य भवनमा डेङ्गूको स्थितिलाईलिेर बैठक गरेपछि भने, हाल राज्यमा डेङ्गूको 148 जना रोगीहरू छन् भने स्थियि नियन्त्रणमै छ।

मुख्यन्त्रीले बताए, कोलकाता नगरनिगम क्षेत्रमा तीन, चार र पाँच सेप्टेम्बरमा तीन दिवसीय विशेष सफाी अभियान सञ्चालन गरिनेछ। यस अवधि स्वास्थ्य विशेषज्ञ अनि चिकित्सकहरूको सल्लाहको आधारमा सीमित सङ्ख्यामा मिस्ट स्प्रे गर्ने मशिनहरूलाई पनि प्रयोग गरिनेछ। निम्न आय भएका क्षेत्रहरूमा मानिसहरूलाई निःशुल्क मच्छरदानी वितरण गर्ने योजना पनि छ।

शुभेन्दु अधिकारीले भने, डेङ्गूको जाँच गर्नको लागि पर्याप्त सामग्री उपलब्ध छ र मानिसहरू डराउने कुनै आवश्यकता छैन। उनले राज्यवासीहरूसित अपील गरे, यदि ज्वरो दुई दिनभन्दा अधिकसम्म कायम रह्यो भने त्यसलाई बेवास्ता नगरियोस्। निःशुल्क जाँच अवश्य गराइयोस्।

मुख्यमन्त्रीले पूर्ववर्ती तृणमूल कङ्ग्रेस सरकारमाथि डेङ्गूको मामिलालाई लुकाएको आरोप लगाउँदै अघि भने, पहिला चिकित्सकहरूलाई डेङ्गूको मामिला उल्लेख गर्दा समस्या हुन्थ्यो, तर वर्तमान सरकारले चिकित्सकहरूलाई स्पष्ट निर्देश दिएको छ कि डेङ्गू भएको खण्डमा यसको जानकारी दर्ता गरियोस्।

उनले बताए, पछिल्लो वर्ष यसै अवधिमा राज्यमा डेङ्गूको लगभग 7 हजार 6 सय मामिला थियो भने यस वर्ष यो सङ्ख्या घटेर लगभग 4 हजार पुगेको छ। उनले यसलाई लगभग 50 प्रतिशत ह्रास आएको बताए जसको श्रेय उनले सरकारको सट्टा आम मानिसहरूमा आएको जागरूकतालाई दिए।

मुख्यमन्त्रीले आयुष्मान भारत योजनाको पनि उल्लेख गरे। उनले भने, गत 16 अगस्तदेखि राज्यमा यो योजना लागू भएपछि पश्चिम बङ्गालमा अहिलेसम्ममा 19 हजार 7 सय मानिसहरूले यसान्तर्गत उपचार पाइसकेका छन्। यस अतिरिक्त झारखण्ड, महाराष्ट्र र ओडिशामा बस्ने पश्चिम बङ्गालका 452 जना मानिसहरूले पनि यस योजना अन्तर्गत उपचार गराएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande