
धेमाजी (असम), 02 सेप्टेम्बर (हि.स.)। असमकाे धेमाजी जिल्लास्थित जोनाईको तेलाम क्षेत्रमा एक सन्त्राषपूर्ण घटना घटेको छ। आरोप छ, एकजना शिक्षकले आफ्नै परिवारका सदस्यहरूमाथि बञ्चरोले प्रहार गऱ्यो जसमा उसकी पत्नी र एकजना छोरा र एकजना छोरीको मृत्यु भयो भने छोरी गम्भीर रूपमा घाइते भई।
मृतकहरूको पहिचान 33 वर्षीय पत्नी सिनुवारा बेगम, पाँच वर्षीय छोरी रिजिका बेगम र आठ वर्षीय छोरा साखिल अलीको रूपमा भएको छ। यस घटनामा अर्की 13 वर्षीय छोरी नेइना अख्तर पनि गम्भीर रूपमा घाइते भएकी छे जसलाई गम्भीर अवस्थामा अस्पतालमा पठाएको छ। आरोपी शिक्षकको पहिचान फिरोज अलीको रूपमा भएको छ। पुलिसले घटनाको जाँच गर्न शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा