नयाँ दिल्लीमा अवैध रूपमा बस्दै आएका दुई बङ्गलादेशी नागरिक पक्राउ, डिटेन्शन सेन्टरमा पठाइयो
नयाँ दिल्लीमा अवैध रूपमा बस्दै आएका दुई बङ्गलादेशी नागरिक पक्राउ, डिटेन्शन सेन्टरमा पठाइयो


नयाँ दिल्ली, 02 सेप्टेम्बर (हि.स.)। नयाँ दिल्ली जिल्लाको स्पेशल स्टाफ टीमले दिल्लीमा अवैध रुपमा बस्दै आइरहेका दुई जना बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। दुवैसित भारतमा बस्नका लागि वैध भिजा वा अन्य अधिकृत दस्तावेज थिएन। आवश्यक जाँच तथा कानूनी प्रक्रिया पूरा गरेपछि दुवैलाई फरेनर्स रीजनल रजिस्ट्रेशन अफिस (एफआरआरओ) समक्ष पेश गरियो जहाँबाट उनीहरूलाई सराय रोहिल्लास्थित बङ्गलादेशी डिटेन्शन सेन्टरमा पठाइयो।

पुलिस अनुसार पक्रा पर्ने आरोपीहरूको पहिचान मोनाब्बिर अहमद (33) र राजीव बेपारी (35)- को रूपमा भएको छ। स्पेशल स्टाफलाई सूचना प्राप्त भएको खियो कि केही बङ्गलादेशी नागरिकहरू वैध दस्तावेज बिनै दिल्लीमा बसिरहेका छन्। सूचनाको आधारमा टीमले अनुसन्धान शुरू गऱ्यो। यसै क्रममा बाराखम्भा थाना क्षेत्रमा कारबाही गरी दुवैलाई पक्राउ गरियो।

जाँचमा दुवैको पहिचान, नागरिकता औ भारतमा प्रवेशसित सम्बन्धित दस्तावेजहरूको सत्यापन गरियो। पुलिस मुताविक मोनाब्बिर अहमदले 26 अगस्त र राजीव बेपारीले 27 अगस्तमा वैध भिजा बिनै भारतमा प्रवेश गरेका थिए। त्यसपछि दुवै नै दिल्लीमा बस्दै आइरहेका थिए।

पुलिसले दुवैैको सम्बन्धमा आवश्यक दस्तावेज अनि कानूनी प्रक्रियालाई पूरा गरेपछि एफआईआरओ समक्ष पेश गऱ्यो। एफआरआरओको निर्देशमा दुवैलाई सराय रोहिल्लास्थित बङ्गलादेशी डिटेन्शन सेन्टरमा पठाइयो।

कारबाही गर्ने टीममा एसआई दीपक, एसआई मोहन, हेड कन्स्टेबल सोनू, हेड कन्स्टेबल रामेश्वर, हेड कन्स्टेबल नागेन्द्र औ कन्स्टेबल सर्वेश सामेल थिए। टीमले स्पेशल स्टाफ इन्स्पेक्टरको निगरानी तता एसीपी अपरेशन, नयाँ दिल्ली जिल्लाको पर्येवेक्षणमा कारबाही गरेको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande