
मेदिनीपुर, 02 सेप्टेम्बर (हि.स.)। राज्यव्यापी खाद्य सुरक्षा सप्ताहको पहिलो दिन नै गए मङ्गलवार अबेर साँझ प्रसिद्ध पर्यटन स्थल दिघा अनि जगन्नाथ मन्दिर परिसर वरपर जिल्ला प्रशासन अनि खाद्य सुरक्षा विभागको टीमले संयुक्त रूपमा छापामारी गऱ्यो। निम्न स्तरको तथा अस्वस्थ्यकर भोजन पस्किरहेको आरोपमा दिघाका 12 वटा होटल-रेस्तराँहरूलाई कानूनी नोटिस जारी गरिएको छ।
प्रशासनिक सूत्र अनुसार पूर्व मेदिनीपुरका जिल्लाधिकारी निरञ्जन कुमार, कान्थीका एसडीएम प्रतीक अशोक धुमाल, उपभोक्ता संरक्षण विभाग औ स्वास्थ्य विभागका अधिकारीहरूको उपस्थितिमा तटीय शहरका 20 वटा होलट एवं रेस्तराँहरूमा अचानक जाँच गरियो। जाँचमा अधिकारीहरूले पाए, केही रेस्तराँहरूमा केही दिनदेखिको बासी कुखुरा र माछा पस्किरहेको थियो। बासी खानाको दुर्गन्धलाई लुकाउनको लागि निमहरूको उल्लङ्घन गर्दै 'फूड सेन्ट' प्रयोग गरिँदैथ्यो। यस अतिरिक्त बिरयानीमा खाने रङ्गको सट्टा स्वास्थ्यको लागि हानिकारिक केमिकलयुक्त रङ्गको मिसावटी पाइयो।
गए मङ्गलवार अबेर साँझ नन्दीग्राम स्वास्थ्य जिल्ला खाद्य सुरक्षा अधिकारी विश्वजीत मान्नाले बताए, दिघाका 20 वटा होटल-रेस्तराँहरूमा छापामारी गरेर 15 वटा स्थानहरूबाट भोजनको नमूना सङ्ग्रह गरी जाँचको लागि प्रयोगशालामा पठाइएको छ। ठूलो लापरवाही गरेको पाइएपछि 12 वटा होटलहरूलाई कारण बताऊ नोटिस जारी गरिएको छ। आम जनताको स्वास्थ्यको रक्षा गर्नको लागि यो अभियान भविष्यमा पनि यथावत रहनेछ।
स्मरण गराइन्छ, यसै दिन एगरा शहरमा पनि काद्य सुरक्षा विभागले केही रेस्तराँ, बेकरी एवं गोदामहरूमा छापामारी गऱ्यो जहाँबाट प्रचुर मात्रामा एक्सपायरी डेटका बिस्कुट, चकलेट र नमकिन (चनाचुर) जफत गरियो। यस अवधि दुई वटा नमकिन फ्याक्ट्रीलाई नोटिस पनि जारी गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा