जीएमसीएचमा अबेर राती भयानक आगलागी, दश जना रोगीहरू भाग्यले बचे
जीएमसीएचमा अबेर राती भयानक आगलागी, दश जना रोगीहरू भाग्यले बचे


गुवाहाटी, 20 सितंबर (हि.स.)। गुवाहाटी मेडिकल कलेज एवं अस्पताल (जीएमसीएच) मा गए अबेर राती भीषण आगलागी भयो। घटनाका कारण अस्पताल परिसरमा कोकोहोलो मचिो। प्रारम्भिक जानकारी अनुसार अस्पतालको मेडिकल आईटीयू-2 मा एउटा मनिटर विस्फोट भएको कारणले आगो लागेको थियो।

घटना घट्दा मेडिकल आईटीयू-2 मा उपचाराधिन दश जना रोगीहरू भाग्यले बचे। अस्पतालका कर्मचारी अनि आपतकालीन दलले तत्काल कारबाही गर्दै रोगीहरूलाई सुरक्षित स्थानमा पुऱ्याए अनि आगोलाई निभाउने प्रयासमा लागे।

आगलागीको कारण तथा घटनामा भएको नोक्सानको अहिले विस्तृत विवरण सार्वजनिक गरिएको छैन। मामिलाको जाँचपछि नै आगलागीको वास्तविक कारण थाहा लाग्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande