राधाष्टमीमा गौड़ीय मिशन पुगे मुख्यमन्त्री शुभेन्दु अधिकारी, राधारानीको आशीर्वाद लिए
राधाष्टमीमा गौड़ीय मिशन पुगे मुख्यमन्त्री शुभेन्दु अधिकारी, राधारानीको आशीर्वाद लिए


कोलकाता, 20 सेप्टेम्बर (हि.स.)। राधाष्टमीको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी गए शनिवार राती कोलकातास्थित गौड़ीय मिशनमा पुगे अनि पूजा-अर्चना गरी राधारानीको आशीर्वाद लिए। यस अवसरमा उनले गौड़ीय मिशनको ऐतिहासिक र आध्यात्मिक महत्वको उल्लेख गर्दै यसलाई आफ्नो धरोहरको महत्वपूर्ण भाग बताए।

पूजा पश्चात पत्रकारहरूसित बातचित गर्दै मुख्यमन्त्रीले भने, यहाँ आएर उनलाई एकदमै राम्रो महसूस भइरहेको छ। उनले भने, “यो हाम्रो धरोहर हो। यसको स्थापना श्रील सरस्वती गोस्वामी प्रभु महाराजले गरेका थिए। यस स्थानको धेरै लामो इतिहास रहेको छ।

गौड़ीय मिशनसित सम्बन्धित ऐतिहासिक हस्ति अनि यहाँ आउने विशिष्ट मानिसहरूको उल्लेख गर्दै शुभेन्दु अधिकारीले भने, नेताजी सुभाष चन्द्र बोसदेखि लिएर मदन मोहन मालवीय, शङ्कर दयाल शर्मा औ प्रणव मुखर्जी जस्ता हस्तिहरू यहाँ आइसकेका छन्। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदी समेत गौड़ीय मशिनमा आइसकेका छन्।

मुख्यमन्त्रीले आफ्नो भ्रमणको सम्बन्धमा भने, “यहाँ को आएका छैनन् होला? म यहाँ आउनु बाँकी थियो। मुख्यमन्त्री भएपछि यसपालि चाहिं म यहाँ आएको छु।” उनले राधाष्टमीको अवसरमा गौड़ीय मिशनमा आउन पाएकोमा प्रसन्नता व्यक्त गरे अनि यस ऐतिहासिक धार्मिक स्थलको परम्परा अनि धरोहरलाई रेखाङ्कित गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande