
कोलकाता , 20 सेप्टेम्बर (हि.स.)। दिल्ली विश्वविद्यालय छात्र सङ्घ (डीयूएसयू) चुनाउमा अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी) ले जीत हासिल गरेकोमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले हर्ष व्यक्त गरेका छन्। उनले आफ्नो एक्स पोस्टमा यस जीतलाई युवा शक्ति र राष्ट्रवादको जीत बताए।
मुख्यमन्त्री अधिकारीले आफ्नो पोस्टमा भने, दिल्ली विश्वविद्यालयका विद्यार्थीहरूले मतदानको माध्यमबाट एबीवीपीका उम्मीदवारहरूको पक्षमा आफ्नो समर्थन व्यक्त गर्दै विद्यार्थी राजनीतिलाई स्पष्ट सन्देश दिएका छन्। उनले दाबी गरे, देशका विद्यार्थी अनि युवा राष्ट्रवाद, सकारात्मक विद्यार्थी राजनीति एवं एबीवीपीको साथमा छ।
उनले बताए, छात्रसङ्घका चार प्रमुख पदहरूमध्ये अध्यक्ष समेत तीन महत्वपूर्ण पदहरूमा एबीवीपीका उम्मेद्वारहरूले जीत दर्ता गरे। अध्यक्ष पदमा यशले 24 हजार 576 भोट हासिल गरी जीत दर्ता गराए भने सचिव पदमा रियालाई 21 हजार 650 भोट प्राप्त भयो। यसरी नै संयुक्त सचिव लक्ष्य राजले 16 हजार 615 भोट हासिल गरेर जीत दर्ता गरे।
मुख्यमन्त्रीले एबीवीपीमाथि भरोसा गरेकोमा दिल्ली विश्वविद्यालयका विद्यार्थीहरूप्रति आभार व्यक्त गरे। साथै चुनाउमा जीत हासिल गर्ने नयाँ नेतृत्व र यस जीतको लागि काम गर्ने सङ्गठनका कार्यकर्ताहरूलाई शुभकामना दिए। उनले विद्यार्थी हित अनि राष्ट्र निर्माणप्रति यस प्रतिबद्धतालाई कायम राख्ने कुरा समेत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा