
कोलकाता, 20 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस)- का वरिष्ठ प्रचारक वासुदेव पालको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आइतवार बिहन दश बजे समाज माध्यममा पोस्ट गरी स्वर्गीय वासुदेव पाललाई श्रद्धाञ्जली दिए साथै उनको परिवार, आफन्त र मित्रहरूप्रति संवेदना व्यक्त गरे।
शुभेन्दु अधिकारीले भने, वर्ष 1980-देखि यता चार दशकभन्दा अधिक समयसम्म वासुदेव पालले प्रचारकको रूपमा आफूलाई सङ्घको कार्यको लागि पूर्ण रूपले समर्पित राखे। पश्चिम बङ्गाल र असमका विभिन्न क्षेत्रहरूमा जिम्मेवारी निर्वहन गर्नका साथै उनले उत्तर बङ्गाल प्रान्तको प्रचार प्रमुख अनि प्रान्त कार्यकारिणी सदस्यको रूपमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरे।
मुख्यमन्त्रीले भने, सङ्घको वैचारिक र प्रकाशनका कार्यहरूमा पनि वासुदेव पालको महत्वपूर्ण योगदान रहेको छ।। सङ्घको कार्यप्रति उनको निःस्वार्थ समर्पण, निष्ठा, त्याग अनि आदर्शप्रति प्रतिबद्धता लामो समयसम्म स्वयंसेवकहरूको लागि प्रेरणा बनिरहनेछ।
उल्लेखनीय छ, सङ्घका वरिष्ठ प्रचारक वासुदेव पालको गए शनिवार, 19 सेप्टेम्बरको साँझ 5 बजेर 10 मिनटमा कोलकाताको मारवाड़ी रिलीफ सोसाइटी अस्पतालमा निधन भयो। उनी 66 वर्ष पुगेका थिए। उनको निधनले सङ्घका कार्यकर्ता अनि स्वयंसेवकहरूमा शोक फैलिएको छ।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले परमपिता परमेश्वरसित स्वर्गीय वासुदेव पालको आत्माको चिरशान्तिको प्रार्थना गरे। उनले शोक सन्तप्त परिवार अनि सबै स्वजनहरूलाई यस कठिन घड़ीमा दुःख सहने शक्ति दिउन् भनी कामना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा