तपन सिकदरको जयन्तीमा मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा श्रद्दाञ्जली अर्पित
तपन सिकदरको जयन्तीमा मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा श्रद्दाञ्जली अर्पित


कोलकाता, 20 सेेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आइतवार सामाजिक सञ्जालको माध्यमबाट पोस्ट गरी भाजपाका पूर्व प्रदेश अध्यक्ष एवं पूर्व केन्द्रिय मन्त्री स्वर्गीय तपन सिकदारलाई उनको जयन्तीमा श्रद्धाञ्जली दिए। शुभेन्दु अधिकारीले आफ्नो सन्देशमा लेखे-“पश्चिम बङ्गाल भाजपाका पूर्व राज्य अध्यक्ष एवं पूर्व केन्द्रिय मन्त्री स्वर्गीय श्री तपन सिकदर महाशयको जन्मदिवसमा विनम्र श्रद्धाञ्जली।”

तपन सिकदरको जन्म 20 सेप्टेम्बर, 1944-मा भएको थियो। तपन सिकदर पश्चिम बङ्गालमा भाजपाको शुरुआती सङ्गठन विस्तारमा महत्वपूर्ण भूमिका निभाउने नेताहरूमा सामेल थिए। उनी वर्ष 1991-देखि 1997 एवं वर्ष 197-देखि 1999-सम्म दुई पटक पश्चिम बङ्गाल भाजपाका प्रदेश अध्यक्ष रहेका थिए। वामपन्थी राजनीतिको प्रभाव भएको समयमा उनले राज्मा पार्टी सङ्गठनलाई सुदढ़ बनाउनका लागि धरातलीय स्तरमा काम गरेका थिए।

वर्ष 1998-मा उनले दमदम लोकसभा सीटबाट चुनाउ जितेर पश्चिम बङ्गालबाट भाजपाको पहिलो लोकसभा सांसद बन्ने गौरव हासिल गरेका थिए। वर्ष 1999-मा उनले फेरि यसै सीटबाट जीत दर्ता गराए। त्यसपछि अटल बिहारी वाजपेयी नेतृत्वाधिन सरकारमा वर्ष 1999-देखि 2004-सम्म उनले सञ्चार तथा पछि रसायन एवं उर्वरक राज्य मन्त्रीको भूमिका निर्वाह गरेका थिए।

तपन सिकदरलाई उनको सङ्गठनात्मक कार्य, प्रभावकारी वक्तृत्व औ जनसम्पर्कको लागि स्मरण गरिन्छ। भाजपा अनुसार 1990-को दशकमा पश्चिम बङ्गालमा पार्टीको सङ्गठनात्मक आधार र राजनीतिक उपस्थितिलाई मजबुत बनाउनमा उनको महत्वपूर्ण योगदान रहेको छ। 2 जून, 2014-मा 69 वर्षको उमेरमा उनको निधन भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande