
कोकराझार (असम), 20 सेप्टेम्बर (हि.स.)। कोकराझार जिल्लाको श्रीरामपुरमा पुलिसले पशुहरूको कथित तस्करी गरेको आरोपमा दुई वटा बोलेरो वाहनलाई जफत गरी दुई जना आरोपीहरूलाी पक्राउ गरेको छ। पुलिस अनुसार दुवै वाहनमा यात्रीहरूको सट्टा सीटमुनि अत्यन्त क्रुर ढङ्गमा बाँधेर पाँच-पाँच वटा पशुहरूलाई लगिँदैथ्यो।
पुलिस सूत्रले आज बताएको छ, जफत गरिएको बोलेरोको पञ्जीकरण नम्बर एएस-17जे-3999 र एएस-16के-2464 रहेको बताइएको छ। पुलिसले यस मामिलामा गोसाई गाउँको सेराफाङ्गुरी निवासी सफिजुल खान र जहिरूल शेखलाई पक्राउ गरेको छ।
प्रारम्भिक जानकारी अनुसार दुवै वाहनले पश्चिम बङ्गालबाट कथित रूपमा पशुहरूलाई अवैध रूपमा लगिरहेका थिए। श्रीरामपुर पुलिसको कारबाहीमा दुवै वाहनलाी रोकेर जाँच गरियो जसमा पशुहरू फेला पऱ्यो। पुलिसले वाहनहरूलाई जफत गरी मामिलामा अग्रिम कानूनी कारबाही एवं जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा