
शोणितपुर (असम), 23 सेप्टेम्बर (हि.स.)। शोणितपुर जिल्ला मुख्यालय शहर तेजपुरको कमार सुबुरी क्षेत्रमा भयानक आगो लाग्यो। हेर्दा-हेर्दै आगोले तीन वटा पसलहरूलाई आफ्नो चपेटमा लियो। यी पसलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
पुलिसले बुधवार बतायो, बितेको अबेर राती कमार सुबुरी क्षेत्रमा अवस्थित एउटा किराना पसलमा शर्टसर्किट भएर आगो लाग्यो। यस आगलागीमा तीन वटा पसलहरू जलेर खरानीमा परिणत भएको छ।
घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको अग्निशमनको टीमले आगोलाई नियन्त्रण गऱ्यो। घटना हुँदा पानी परिरहेको कारणले यसलाई चाँड़ै नियन्त्रण गर्न सहज भयो। आगलागीको कारणले लगभग 25 लाख रुपियाँको सम्पत्ति नष्ट भयो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी नोक्सानको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा