
पूर्व मेदिनीपुर, 23 सेप्टेम्बर (हि.स.)। पर्यटन नगरी दिघालाई अझ आकर्षक बनाउनको लागि सौन्दर्यीकरणको काम भइरहेको छ। यसै अन्तर्गत दिघाको प्रमुख प्रवेश द्वारमा सामेल ‘दिघा गेट’-लाई नयाँ रूपमा सजाइएको छ। गेटबाट पुरानो ‘विश्व बङ्गला’-को लोगोलाई पनि हटाइएको छ।
नयाँ रूपमा सजिएको दिघा गेटले अब पर्यटकहरूको ध्यान आकर्षित गरिरहेको छ। दिघामा प्रवेशको मुहानमै अवस्थितयस गेटको नयाँ रूपले समुद्रीनगरीको सुन्दरतामा नयाँ आयाम थपिएको छ। स्थानीय मानिसहरू पनि यस्तै मान्छन्।
पर्यटकहरूको लागि दिघालाी अझ आकर्षक एवं पर्यटन-अनुकूल बनाउने उद्देश्यले विभिन्न सौन्दर्यीकरण औ विकास कार्यहरू गरिँदैछ। नयाँ रूपमा सजाइएको दिघा गेट यसै पहलको एउटा प्रमुख उदाहरण हो। आगामी दिनमा यो प्रवेश द्वार पनि पर्यटकहरूको लागि आकर्षणको एउटा प्रमुख केन्द्र बन्ने कुरामा कुनै दुई मत छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा